कनकाई अनलाईन
कनकाई बहुमुखी क्याम्पसको संञ्चालक समितिको अध्यक्षमा पुन प्रकाश चुडाल सर्वसम्मत चयन हुनुभएको छ । हालै निर्वाचन समितिले गराएको सर्वसम्मत पहलबाट चुडालको अध्यक्षतामा ९ सदस्यीय संञ्चालक समिति र ३ सदस्यीय लेखा समिति सर्वसम्मच चयन भएको हो । समितिको अध्यक्षमा प्रकाश चुडाल रहनुभएको छ ।
चुडालकै नेतृत्वमा यस क्याम्पसले भौतिक र शैक्षिक विकास देखि लिएर क्याम्पसमा क्युएए सटिफिकेट प्राप्त गर्न सफल बनेको थियो । यसैगरि क्याम्पसको उपाध्यक्षमा खड्ग प्रसाई चयन हुनुभएको छ । प्रसाई देशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कनकाई नगर कमिटि अध्यक्ष समेत रहनुभएको छ ।
यसैगरि कोषाध्यक्षमा नारायणप्रसाद पोखरेल रहनुभएको छ पोखरेल राप्रपाका क्षेत्रिय सभापति रहनुभएको छ । यसैगरि खुल्ला सदस्यमा माओवादी कनकाई नगरकमिटि सचिव समेत रहेका विष्णुप्रसाद बिमली, कांग्रेसका पुराना नेता खगेश्वर उप्रेती र जेष्ठ नागरिक कनकाईका अध्यक्ष समेत रहनुभएका सम्भु पोखरेल रहनुभएको छ । महिला सदस्यमा झापा गाउँपालिकाकी कार्यकारी अध्यक्ष अन्जुदेवि थपलिया, चम्पा सुवेदी र इन्दिरा बिमली प्रसाई रहनुभएको छ । यसैगरि लेखा समितिमा
संयोजकमा भवानी लुईंटेल र सदस्यहरुमा, कृष्णप्रसाद घिमिरे र हिरण्यकुमार राई रहनुभएको निर्वाचन समितिका संयोजक टिका पोखरेलले जानकारी दिनुभयो । कनकाई बहुमुखी क्याम्पसको हालै तत्कालिन प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । अधिवेशनले टिका पोखरेलको संयोजकत्वमा समिति गठन गरेको थियो ।