Kanakai Online

तीन वालकको सकुशल उद्धार


मङ्गलवार, असोज २, २०८० |

कनकाई अनलाईन
झापाको काँकडभिट्टा नाकाबाट तीन नेपाली बालकको उद्धार गरिएको छ ।
अपरिचित व्यक्तिले ललाईफकाई भारत लैजाँदै गरेका ती बालकहरूलाई भारतीय एसएसबीले सीमा नाकाबाटै उद्धार गरी नेपालमा सशस्त्र प्रहरीलाई जिम्मा लगाएको थियो ।

उद्धार गरिएका बालकहरू मेचीनगर नगरपालिका– १० स्थित धुलाबारी पाथीभरा टोलका १५ वर्षीय विशाल दनुवार, सोही ठाउँका १२ वर्षीय युवराज तामाङ र १२ वर्षीय सूर्य चौधरी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी दिनेश कटुवालले बताउँनुभयो ।

बालकहरूलाई भारततर्फ लगिरहेको सूचना पाएलगतै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाको टोलीले एसएसबीसँग समन्वय गरेको थियो ।

एसएसबीले उद्धार गरेका बालकहरूलाई सोमबार राति साढे ८ बजे सशस्त्रलाई जिम्मा लगाएको डीएसपी कटुवालले बताउँनुभयो । त्यसपछि बालकहरूलाई आ–आफ्नो अभिभावकको जिम्मा लगाउनका लागि नेपालस्थित विश्व सेवा विस्तार संस्थाका प्रतिनिधिलाई बुझाइसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर