Kanakai Online

इमानदारिताको उत्कृष्ट नमुना फेला पारेको नगद फिर्ता


मङ्गलवार, असोज २, २०८० |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ६ का युवा गणेश थापाले आफुले फेला पारेको नगद सहितको पर्स हराएको सम्बन्धित व्याक्तिको खोजी गरेर फिर्ता गरेका छन । बिर्तामोडस्थित मेघा कम्प्रेक्स अगाडि थापाले नगद १२ हजार र सुन खरिदको बिल सहित उक्त रकम फेला पार्नुभएको थियो । तर सो सानो मनि ब्यागमा सम्बन्धित धनीको नाम र ठेगाना त बिलमा थियो तर सम्पर्क नम्बर थिएन उनले फेला पारेको मनि ब्याग भित्रको फेला परेको सुन पसलमा पुगेर त्यहाँ ब्याग धनीको नम्बर पत्ता लगाएर फोन गरी रकम र बिल जिम्मा लगाएका हुन ।


थापाले आफ्नै घरछेउको कनकाई ६ नम्बर वार्डको वार्ड कार्यालयमा रकम हराउने भद्रपुर नगरपालिका १ की अन्जना राईलाई उक्त फेला परेको रकम जिम्मा लगाएका हुन । रकम बुझ्दै राईले आफुले उक्त रकम धान बिक्री गरेर छोरीको फि तिर्नका लागि ठिक्क पारेको बताउँनुभएको छ । आफु अटोमा चढेर भाडा तिर्दा फिर्ता रकम राख्नेक्रममा उक्त रकम झरेको बताउँनुभयो । मैले रकम भेटिएका भन्ने त कल्पना पनि गरेको थिइन तर गणेश थापा जस्ता युवा पनि हुनुहुदो रहेछ रकम पाए राईले भन्नुभयो । यता रकम प्रदान गर्दै कनकाई नगरपालिका ६ का वडाध्यक्ष दिर्घबहादुर थापा समाजमा कलियुग आएको भनिएपनि गणेश थापा जस्ता युवाहरु को इमानदारिता बाकी रहेको बताउँनुभयो ।

गणेशले फेला पारेको रकम जिम्मा लगाउनका लागि समेत ३ दिन कुर्नुपरेको बताउँनुभयो । उक्त रकम धनी फेला नपरेको खण्डमा बुद्धआश्रममा रकम दिने योजनामा थिए तर फेला पर्नुभयो रकम जिम्मा लगाउन पाए रकम हस्तानतरण गर्दै थापाले भन्नुभयो ।

सम्बन्धित खबर