Kanakai Online

माओवादीद्धारा सहिद परिवारलाई सम्मान


शनिवार, भदौ १६, २०८० |


कनकाई अनलाईन
जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत झापाको दमकमा सहिद परिवारलाई सम्मान गर्दै सुरु गरिएको छ ।
झापाको दमक नगरपालिका ७ को अभियान सुरु गर्दै जनयुद्धकालमा यस दमक नगरपालिका ७ बाट सहिद हुने ३ जनाको परिवारलाई सम्मान गर्दै अभियानको सुरुवात गरिएको हो । सहिद परिवारहरु लालसुन्दर राई, रमिला मिश्र र पुर्ण चेम्जोङ्गलाई पार्टीका केन्द्रिय पोलिट ब्युरो सदस्य तथा प्रदेशका संसदीय दलका नेता समेत रहनुभएका इन्द्र आङबो मौसम, पार्टीका जिल्ला संयोजक तथा ७ नम्बर वार्डका अभियानका संयोजक समेत रहनुभएका राजु आचार्य अग्निले सम्मान गर्नुभयो ।


सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि आङबोले जनताको पक्षमा काम गर्दाखेरी देशमा जनताले २ सय ४० सिट भन्दा वढी सिटका लागि जनताले भोट दिएकोमा अहिले आएर जनतासँग सम्बन्ध विग्रिदा ३२ सिटमा खुच्चिनु परिरहेको भन्दै यो ३ महिने अभियानबाट जनतासग बिग्रिएको सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गर्नुभयो । जनजनमा माओवादी घरघरमा माओवादी अभियानबाट पार्टी पुरै रुपान्तरण हुने र जनतालाई हालको सरकारले गरेका जनताका पक्षका कामहरु र सुशासन र भ्रष्टाचार विरोधी काम कार्वाहीहरुका वारेमा जनतालाई सहि सुचना दिईने आङबोले बताउँनुभयो ।


यसैगरि कार्यक्रममा पार्टीका जिल्ला संयोजक तथा अभियानका दमक ७ नम्बर इन्चार्ज राजु आचार्य अग्निले माओवादीको कार्यदिशा सहि भएकै कारण अहिले देशमा सुशासन आइरहेको बताउँनुभयो । माओवादीले आफ्नो धरातल भुलेका कारण जनताले सजाय दिएको भन्दै अव यस्तो गर्ने छुट माओवादी पार्टीलाई नरहेको अग्निले बताउँनुभयो । कार्यक्रममा पार्टीका जिल्ला सदस्य नविन सेढाई, लालसुन्दर राई, दिलिप बुढाथोकी लगायातका वक्ताहरुले जनताको मुल मुद्धाबाट माओवादी अलग भएका कारणपनि पार्टीलाई जनताले छाडेको भन्दै अब गाउँघरमा पुगेर जनताको वास्तविक समस्या बुझेर काम गर्न नेतालाई सुझाव दिनुभयो । सोही अवशरमा यस क्षेत्रका खेलाडीहरुद्धारा मार्सल आटर्सको प्रस्तुती समेत राखेका थिए । कार्यक्रम पार्टीका वार्डसचिव अमन लावतीको संञ्चालन र अध्यक्ष सन्तोस चाम्लिङको सभापतित्वमा सम्पन्न भएको थियो । यसैविच दमकका सबै वार्डहरुमा समेत अभियानको विविध कार्यक्रमका विच सुरुवात गरिएको छ ।

सम्बन्धित खबर