कनकाई अनलाइन
झापाको शिवसताक्षी नगरपालिकास्थित कनकाई खोलामा माछा मार्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका युवकको तीन दिनपछि शव फेला परेको प्रहरीले जनाएको छ ।
कनकाई नगरपालिका वडा ४ त्रिवेणी टोलका २४ वर्षीय सविन श्रेष्ठको शव शनिवार दिउँसो फेला परेको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीका अनुसार माछा मार्नेक्रममा श्रेष्ठ डुबेको भनिएको ठाउँदेखि करिव पाँचसय मिटर दक्षिणमा श्रेष्ठको शव फेला परेको हो ।
बिहीबार दिउँसो ३ बजेदेखि बेपत्ता हुनुभएको श्रेष्ठको गोताखोरसहितको टोलीले खोजी गर्दैआएको थियो । शिवसताक्षी नगरपालिका वडा १० स्थित कन्काइ खोलामा श्रेष्ठ बेपत्ता हुनुभएको थियो ।
विहानैदेखि खोलामा प्रहरीसहित गोताखोर टोलीले खोजीलाई तिब्रता बनाएको थियो । आवश्यक कानुनी प्रक्रिया र पोष्टमार्टमका लागि पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।