कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिका १० स्थित कनकाई सिंचाई आयोजनाको नहरमा डुबेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा शिवसताक्षी १० बस्ने ३८ वर्षिय बिष्णुप्रसाद चिमरिया रहेका छन् । मंगलवार राती ९.१५ बजेको समयमा चिमरिया र सोही ठाउँ बस्ने अन्दाजी ४० वर्षिय अर्जुन मगर मादक पदार्थ सेवन गरी कनकाई सिंचाई आयोजनाको नहरको डिलमा बसेकोमा चिमरिया डिलबाट नहरमा झरेका थिए । उनी झरको सगै बसेका साथी मगरले अस्थायी प्रहरी चौकी माईधारमा खबर गर्नासाथ प्रहरी टोली खटिएर नहर बन्द गरी स्थानीय समेतको सहयोगमा खोजी गर्दा रातभरि चिमरिया भेटिएका थिएनन् ।
बुधवार बिहान ७.२० बजे ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोली र स्थानीयहरुको सहयोगमा खोजी गर्ने क्रममा नहरमा झरेको घट्नास्थलबाट अन्दाजी ७ किलोमिटर दक्षिण नहरभित्र घोप्टो परी ढुङ्गामा अड्केको अबस्थामा उनको शव फेला परेको थियो । कानुनी प्रकृया पुरा गरी शवलाई पोस्टमार्टम गएिको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि चिमरियासंगै रहेका मगरलाई ईप्रका झिलझिलेले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताउँनुभयो ।