Kanakai Online

निर्देशक सुदर्शन थापा र प्रसाद २ लाई विशेष सम्मान


मङ्गलवार, भदौ १२, २०८० |

कनकाई अनलाईन

राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह अन्तर्गत सम्माननिय रास्ट्रपति बाट निर्देशक सुदर्शन थापालाई विशेष योगदान सम्मान – २०८० का साथै सुदर्शन थापा द्वारा निर्देशित चलचित्र “प्रसाद २” लाई विशेष चलचित्र पुरस्कार प्रदान गरिएको छ।

शीतलनिवासमा आयोजित समारोहमा मुख्य विधा बाहेकका आठ विधामा पुरस्कार बाँडिएको हो । राष्ट्रिय चलचित्र पुरस्कारको इतिहासमा मुख्य विधा विना अवार्ड वितरण गरिएको यो पहिलो घटना हो । पटकथा, छायांकन, सम्पादन, अभिनेत्री, अभिनेता, निर्देशक, आदिवासी जनजाति र जुरी अवार्ड मात्र वितरण गरिएको थियो ।

यसैगरि बिशिष्ट कलाकार हरिवंश आचार्यले उत्कृष्ट अभिनेता अवार्ड प्राप्त गरेका छन् । चलचित्र विकास बोर्डले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८०’ आचार्यले फिल्म ‘महापुरुष’बाट उक्त अभिनेता अवार्ड प्राप्त गरेका हुन् ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, बोर्ड अध्यक्ष भुवन केसी लगायतले आचार्य अवार्ड प्रदान गरे । अवार्डमा प्रमाणपत्र, नगद पुरस्कार २५ हजार र ट्रफी रहेको छ । कार्यक्रममा उत्कृष्ट अभिनेत्री भने दिया मास्के घोषित भइन् । दीयाले चलचित्र ‘प्रकाश’ अभिनयका अवार्ड प्राप्त गरेकी हुन् ।

त्यस्तै उत्कृष्ट लेखन ९कथा, पटकथा, संवाद० अवार्ड फिल्म ‘चिसो मान्छे’बाट दिपेन्द्र के। खनालले हात पर्दा उत्कृष्ट छायाङ्कन अवार्ड ‘लप्पन छप्पन–२’ बाट पुरुषोत्तम प्रधानले थपे । उत्कृष्ट सम्पादन अवार्ड भने फिल्म ‘दोख’बाट निमेष श्रेष्ठले उठाउँदा उत्कृष्ट निर्देशक फिल्म ‘प्रकाश’बाट दिनेश राउत बने ।

यस्तै कार्यक्रममा उत्कृष्ट चलचित्र ९आदिवासी, जनजाति, विभिन्न मातृभाषा०बाट हुलन छ्याँबा ९देशै राम्रो० गुरुङ भाषाबाट मुनाल फिल्म प्रालि भोज बहादुर गुरुङले प्राप्त गर्दा निर्णायक विशेष छनोट ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा विनिथ द ब्रेभरी’ भयो । राष्ट्रिय चलचित्र पुरस्कार निर्णायक समितिको जुरीमा राजेन्द्र शलभ, सरिता गिरी, शिवम् अधिकारी, अनुप भट्टराई र चेतन सापकोटाको रहेका थिए ।

कार्यक्रममा विशेष चलचित्र पुरस्कार फिल्म ‘टुल्की’, ‘निरमाया’, ‘बुलाकी’, ‘प्रसाद–२’ र ‘चिसो मान्छ’ले प्राप्त गर्यो । बिषेश चलचित्र तर्फ रविचन्द्र अधिकारी, उदय इङ्नाम सुब्बा, शिवजी लामिछाने, सम्पदा मल्ल, राजु खत्री क्षेत्री, विष्णु शर्मा निर्णायक रहेका थिए ।

सम्बन्धित खबर