Kanakai Online

‘हामीमाथि पूरा राष्ट्रको आशा छ’( कप्तान रोहित


मङ्गलवार, भदौ १२, २०८० |

कनकाई अनलाईन्
– नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आफूहरु प्रति पूरा राष्ट्रको आशा भएको बताएका छन् । एसिया कपमा नेपालले भदौ १३ मा पाकिस्तानसँग खेल्दैछ । नेपालले एसिया कपमा डेब्यू गर्न लागेको हो । डेब्यू गनुअघि कप्तान रोहितले आफूहरुमाथि पूरा राष्ट्रको आशा रहेको बताएका छन् ।
‘चुनौतीको सामना गर्न, सपना पछ्याउन र जोशका साथ खेल्न अघि बढेका छौं । ब्याटको हरेक स्ट्रोक, हरेक क्याच र मैदानका हरेक क्षण हाम्रो लक्ष्यतर्फ अघि बढेका छन् । समर्पण, टिम एकता र सदाझैं साथ र समर्थनले हामी एकाग्र भएर अघि बढेका छौं’, रोहितले सामाजिक सञ्जालमा लेखेका छन् ।

युवा कप्तान रोहितले एसिया कपमा नेपाली क्रिकेट टोलीमाथि पूरा राष्ट्रको आशा रहेको बताएका छन् । ‘हामीमाथि आफ्नो टिम, पूरा राष्ट्र र लामो इतिहासको आशा रहेको छ । यो खेललाई एक यादगार यात्रा बनाउन तत्पर छौं’, रोहितले लेखेका छन् ।

एसिया कप भदौ १३ देखी ३१ गते ९३० अगष्ट देखी १७ सेप्टेम्बर० सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

नेपालले पाकिस्तानको मुल्तानमा खेल्नेछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ स् ४५ मा मुल्तान क्रिकेट रंगशालामा हुनेछ । उक्त खेलपछि नेपाली टोली श्रीलंका जानेछ ।

नेपाल र भारतबीचको खेल भदौ १८ ९सेप्टेम्बर ४० मा श्रीलंकाको कान्डीमा हुनेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ स् ४५ मा पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरुहुनेछ ।

सम्बन्धित खबर