कनकाई अनलाईन
स्थानीय सरकार बनेसगै स्थानीय सरकारले आफ्नै पाठयक्रम लागु गर्ने भन्दै नगरपालिकाभरका कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई स्थानीय विषयका रुपमा कनकाई ज्ञानमाला विषय लागु गरेपनि विद्यार्थीले भने विना पुस्तक परिक्षा लेखेको पाइएको छ ।
यसवारेमा कनकाई नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले भने शिक्षा साखालाई पुस्तक छपाईका लागि बजेट नहुदा पुस्तकलाई पेनड्राईभमा थन्काउनु परेको जनाएको छ । हामीलाई पनि पेन ड्राईभमा मात्रै राख्न कहाँ मन छ र के गर्नु पुस्तक छपाई गरेर सबै विद्यार्थीको हात हातमा पुर्याउन कम्तीमा १२ लाख रुपैँया चाहिन्छ हामीसग यसका लागि मुस्किलले २ लाख रुपैँया बजेट छ कुन पुस्तक छाप्नु कुन नछाप्नु शिक्षा साखाका एक अधिकृतले भन्नुभयो ।
पुस्तक नछापेपनि कनकाईका सबै विद्यालयहरुका विषय शिक्षकलाई भने पुस्तकलाई पेन ड्राईभमा भने दिइसकेको शिक्षा साखाले जनाएको छ । कुनै दिन बजेट आएछ भने पुस्तकनै पनि छापौला अहिलेलाई यसैले काम चलाउनुपर्छ शिक्षा साखाले जनाएको छ ।
यता कनकाई माविकी कक्षा ८ की छात्रा प्रिया खतिवडा पुस्तक विनै आफुले पहिलो परिक्षा लेखिसकेको बताउँछिन पुस्तक खरिदका लागि पुस्तक पसलमा जादा नपाएकोले परिक्षा लेख्नै समस्या भएको विद्यार्थीहरुको गुनासो रहेको छ ।
यता नगरपालिकासग आवश्यक बजेट नहुदा पुस्तक छापेर अभिभावकहरुलाई खरिद गर्न लगाउदा हुने अभिभावकको भनाई रहेको छ । यता संस्थागत विद्यालयमा यसो गर्न सकिएपनि सरकारी विद्यालयमा भने निशुल्क पुस्तक र खाजा समेत दिनैपर्ने सरकारी नियम भएकोले यसो गर्न पनि नसकिरहेको नगरपालिकाको शिक्षा साखाको भनाई रहेको छ । हामीले पुस्तक किन्नु भनिसक्दा भोली तपाईहरुनै सरकारले निशुल्क दिनुपर्ने पुस्तक पनि खरिद गर्न लगायो भनेर समाचार लेख्नुहुन्छ हामीले के गर्ने हो शिक्षा साखाको जवाफ हो यो ।
कनकाई नगरपालिकाले कनकाई नगरपालिकाभित्रैका शिक्षकहरुलाई लेख्न लगाएर कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि कनकाई ज्ञानमाला भन्ने स्थानिय पुस्तकको डिजिटल कपि तयार गरेपनि पुस्तक छपाई नगरिदिँदा विद्यार्थीहरुले विना पुस्तक परिक्षाको तयारी गर्नुपरेको छ । यता यसबर्षदेखि संघिय सरकारले समयमै पहाडका कुना कन्दराहरुमा समेत पाठ्य पुस्तक पुर्याएको समाचार सुनेका कनकाई नगरपालिकाका सस्थागत र सरकारी विद्यालयका विद्यार्थीहरुभने स्थानीय पाठ्यपुस्तक परिक्षा सकिदा समेत नपाएर समाचारको पात्र बन्न बाध्य भएका छन । ं