कनकाई अनलाईन
यौनिक अल्पसंख्यकहरुको एक समूहले दमक चौक आसपासमा उपद्रो मच्चयाउदै आएका छन् । विशेषगरि दमक चौंकको पशुहाट डाँडास्थित सडक खण्डमा दैनिकजसो रातीपख तेश्रोलिङ्गीहरुले तमास गरिआएपनि प्रशासन भने मौन बसेका छन् ।
उनीहरुको अमर्यादित हर्कतले आफूहरु नराम्ररी पीडित हुनुपरेको स्थानीय युवा व्यवसायी चन्द्र खत्रीले बताए ।
उनका अनुसार रातीपख दैनिक जसो ८,१० जना संख्यामा आउने तेश्रोलिङ्गीहरुले सडकमा हिड्ने युवाहरुलाई आर्कषित गरि खुलेआम यौनधन्दा गरिआएका छन् । रातीपख त्यसबाटो भएर हिड्डुल गर्न नै आफूहरुलाई अफ्ठयारो भएको उनको गुनासो छ ।दमक जेसीजका पूर्व अध्यक्ष समेत दमक ८ निवासी खत्री भन्छन् , –‘यहाँको यो गतिविधिले समाजलाई नै विकृत बनाएको छ , यस्ता गतिविधि नियन्त्रण गर्न पटक पटक प्रहरीसंग गुनासो गरेपनि खासै चासो दिदैनन् ’
भड्किलो लुगा लगाएर सधै राती ९ वजेदेखि सडकमा निस्किने यस्ता तेश्रोलिङ्गीहरुले भेटिएका युवाहरुलाई धन्दा गरि सन्तुष्टि गरिदिने भन्दै पैसाको बार्गेनिङ्ग गरिआएका दमकका अगुवा होटल व्यवसायी राजन दंगालले बताए । होटल व्यवसायी महासंघ प्रदेश समितिका अध्यक्ष समेत रहेका व्यवसायी दंगालले समाजमा पाच्य नहुने गरि तेश्रोलिङ्गीहरुले यसरी खुलेमखुला धन्दा गरेर यस ठाउँको नै नाम बदनाम गरिआएको बताउँछन् ।
यस्तो भडकिलो हर्कतले रातीपख भने परिवारसंग बाहिर निस्किननै समस्या भएको गुनासो सुनाउदै उनले यस किसिमको हर्कत अविलम्ब नियन्त्रण गरिनु पर्ने बताउँछन् ।कतिपय अवस्थामा त्यस्ता व्यक्तिले ललाईफकाई गरि लुटपाट गर्ने सम्म काम गरिआएका स्थानीयको भनाई छ ।
यता इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख डिएसपी मनोजकुमार लामाले दमक बसपार्क डाँडामा रातीपख तेश्रोलिङ्गीहरुले गदैआएको हर्कतका बारे पटक पटक गुनासो आएपनि पूर्ण रुपमा नियन्त्रण गर्न कठिनाई भएको बताउँछन् । त्यस्ता मान्छे समातेर कार्यालयमा थुन्न नै लैङ्गिग रुपमा समस्या भएको उनले बताए । उनले घुमाउरो शैलीमा त्यस्ता मान्छेलाई समातेर ल्याउन प्रहरीलाई लैङ्गिग रुपमा समस्या हुदैआएको बताउँछन् । रातीपख सडकमा कसैले बोलाएर आर्कषण गर्न खोज्ने शैली गरिआए त्यस्तो कार्यमा संलग्न नहुन उनले सुझाए ।