Kanakai Online

झिलझिलेमा प्रहरी प्रमुखमाथि बन्चरो प्रहार, बिएण्डसीमा उपचार हुदै


बिहिवार, भदौ ७, २०८० |

कनकाई अनलाईन

इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल माथि आक्रमण भएको छ ।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित याङया चोकमा तीनजनाको संख्यामा रहेको युवाहरूको समूहले प्रहरी निरीक्षक कटवाल माथि सांघातिक आक्रमण गरेको हो । आक्रमणबाट कटवालको टाउकोमा चोट लागेको छ ।

तीनजनाको संख्यामा मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरी निरीक्षक कटवाल नेतृत्वको टोलीले राजमार्गमा रोकी सम्झाउने क्रममा उनीहरुले बन्चरो प्रहार गरेका थिए । स्थानियका अनुसार तीनै जना युवाले मदिरा सेवन गरेका थिए ।

बन्चरो प्रहारबाट घाइते भएका प्रहरी निरीक्षक कटुवालको उपचारको लागी झापाको बिर्तामोड स्थित विएन्डसी अस्पतालमा उपचारार्थ लगिएको छ । प्रहरीलाई आक्रमण गर्ने युवाहरूको समूह फरार भए पनि इलाका प्रहरी कार्यालय झिलिझलेबाट ततकाल खटिएको प्रहरी टोलीले तीन जनालाइ पक्राउ गरेको छ ।

तीन जना चढेको एउटा मोटरसाइकललाई रोकेर सोधपुछ गर्दैगर्दा ३६ वर्षीय अशोक पोखरेलले लुकाएर ल्याएको बञ्चरो निकालेर कटुवाललाई टाउको र हातमा भकाभक प्रहार गरेका थिए ।

टाउको र हातमा चोट लागेका घाइते प्रहरी निरीक्षक कटुवाललाई बीएन्डसी हस्पिटलमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।

घाइतेको टाउकोमा ८ टाँका र हातको औलामा ३ टाँका लगाइएको छ ।

प्रहरीले मे४प २७५१ नम्बरको मोटरसाइकल र मोटरसाइकल चालक ३२ वर्षीय अरुण तामाङ, मोटरसाइकलको बीचमा बसेका ३३ वर्षीय लक्ष्मण टुडु र बञ्चरो हान्ने ३६ वर्षीय अशोक पोखरेललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

सम्बन्धित खबर