Kanakai Online

कनकाईमा जागरण एकल महिलाको लागि सीपमुलक तालिम


बुधवार, भदौ ६, २०८० |

कनकाई अनलाईन
झापाको कनकाइ नगरपालिका वडा नं १ का जागरण एकल महिलाहरुले धुपवनाउने २ दिवसीय सिपमूलक कार्यक्रमको आयोजना गरिएको । वडा नम्बर १ स्थित जागरण एकल महिला द्वारा आयोजना उक्त कार्यक्रममा कनकाइ नगरपालिका वडा नम्बर(१ वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो ।


एकल महिला दिदिबहिनीहरुले पनि सामुहिक रुपमा केहि सिकौ र यसरी सिकेको सिपलाई व्यवहारमा उतारेर महिलाहरुको आर्थिक पक्षलाई सवल वनाउन सहज वनोस भन्ने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको कोषाध्यक्ष होमादेखी अधिकारीले बताउनु भयो । आफ्नो समस्या र समाधानमा आफै जुट्न सकियोस भन्ने उदेश्यका साथ स्थापना गरिएको यस समूहले एकल महिलाहरुलाई लक्षित गरेर विभिन्न चेतनामुखी, क्षमता अभिवृद्धि तथा सो(रोगारमुखी जस्ता कार्यक्रमहरुको आयोजना गर्दै जाने र यसको लागि वडा तथा नगरले सदैव साथ र सहयोग गर्नु पर्नेमा जोड दिएको थियो ।

संस्थाकी अध्यक्ष शकुन्तला खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य वडा नम्बर १ का वडा अध्यक्ष सुशीलकुमार पोखरेलको रहेको थियो । प्रमुख अतिथि पोखरेलले वडा भित्र रहेका सम्पूणर् एकल महिलाहरुलाई एकजुट रहेर अगाडी बढ्नका लागि आवहान गर्दै वडाको तर्फवाट सदैव सहयोग रहने कुरामा प्रतिवद्धता व्यक्त गर्नु भयो । वडा महिला सदस्य निर्मला पौडेल, कनकाइ विहानी क्लबका अध्यक्ष मनोज बस्नेत, सहजिकरण महिला समूहका अध्यक्ष लीला प्याकुरेल, विहानी महिला समुहका अध्यक्ष मञ्जुदेवी भुजेल, सलहकार समिति संयोजक गंगाबहादुर खवास, नमुना महिला समूहका प्रतिनिधि गोमा कोईराला न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा वडा सदस्य दलबहादुर थापा, महिला सदस्य सञ्जिता ल्वागुन, नेपाली काँग्रेस वडा नं १ यपसभापती नरपती पाण्डे, रचना साप्कोटाको आतिथ्यता रहेको थियो ।

तीन दिन सम्म सञ्चालन हुने वडा का ४० एकल महिला सहभागीहरुलाई प्रशिक्षक मनमाया थापाले सहजिकरण गर्नु हुने भएको छ । समूहकी उपाध्यक्ष कला थापाले स्वागत गर्नु भएको औपचारिक कार्यक्रमको सञ्चालन समूहकी सचिव गिता सिवाकोटी र सहजिकरण महिला समूहका सचिव निर्मला बस्नेतले संयूक्त रुपमा गर्नु भएको थियो ।

सम्बन्धित खबर