Kanakai Online

अस्पतालबाटै नवजात शिशु वेपत्ता बनाएको घटनामा ६ जना पक्राउ


मङ्गलवार, भदौ ५, २०८० |

कनकाई अनलाईन
दमकर विराटनगरस्थित ग्रीनक्रस हस्पिटलमा जन्मिएको नवजात शिशु वेपत्ता पारेको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
सो अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारिएको सूचना पाएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सो घटनामा संलग्न उनीहरुलाई पक्राउ गरी मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएर सार्वजनिक गरेको हो ।

सो घटनामा संलग्न भोजपुर, हतुवागढी गाउँपालिका वडा नं। ४ का २७ बर्षिय गोविन्द राई, विराटनगर महानगरपालिका वडा नं। २ घर भई दिपेश मेडिकल हल सञ्चालन गर्दै आएका ६८ बर्षिय डा। तपेश्वरलाल कर्ण, अस्पतालमा कार्यरत ३३ बर्षिया सुधा राजवंशी , कटहरी गाउँपालिका वडा नं। २ की ४६ बर्षिया दिलमाया राजबंशी, कटहरी गाउँपालिका वडा नं।२ का ३० बर्षिय सुर्य नारायण राजवंशी र सिराहा, कल्याणपुर नगरपालिका वडा नं। १२ की ३८ बर्षिया निर्मला यादव रहेका छन । उनीहरुको साथबाट नवजात शिशुलाई समेत उद्धार गरिएको प्रहरीले जनाएको छ ।
अविवाहित एक युवतीको कोखबाट जन्मिएको शिशु वेपत्ता बनाइएको घटना सनसनी भएपछि कानुन विपरीत आर्थिक लेनदेनमा सो समुहले शिशु लगेको सूचना बाहिरिएको बताइएको छ ।

सम्बन्धित खबर