Kanakai Online

कनकाईमा डेंगीको सक्रमणबाट एकको मृत्यु


सोमवार, भदौ ४, २०८० |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका सुरुङ्गामा समेत डेँगीको सक्रमणबाट एकजनाको मृत्यु भएको छ ।


झापा कनकाई नगरपालिका ३ सुरुङ्गामा दाजुभाई होटल संञ्चालन गर्दै आउनुभएकी ५२ बर्षिय पवित्रा श्रेष्ठको डेँगीको कारणबाट मृत्यु भएको छ । ज्वरो आएर निमोनिया सगै डेँगुको सक्रमणबाट बिर्तामोडस्थित बिर्तासिटी अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेको श्रेष्ठको आज दिउसो ४ बजे निधन भएको मृतकका भाई अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।


झापामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमण दिनानुदिन भयावह रुपमा बढ्दै जान थालेको छ । कनकाई नगरपालिकामा यसको भयावह अवस्था आउन थालेसगै कनकाई नगरपालिकाले मछड मार्नका लािग स्पे छर्न सुरु गरेको छ । कनकाई नगरपालिकाका ९ वटै वार्डमा मर्छड मार्नका लागि स्पे सुरु गरिएको र कनकाई नगरपालिकाको कनकाई नगर अस्पतालाई थप जनशक्ति सहित तैनाथ राखिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई अनलाईलाई बताउँनुभयो । यता डेँगीको वढदो प्रकोपसगै कनकाई नगर अस्पतालमा ज्वरोका बिरामीले अस्पताल भरिएको छ ।

कनकाईकी पवित्राको मृत्युसगै साउन महिनायता डेंगी संक्रमणबाट झापामा चार जनाको मृत्यु भइसकेको छ । त्यस्तै भदौ ४ गतेसम्म झापामा डेंगी संक्रमितको संख्या १२३८ पुगेको छ । ३ हजार ७४८ जनाको परीक्षण गर्दा त्यति जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितमध्ये हाल ३३ जना अस्पतालमा उपचाररत रहेका छन् ।

सम्बन्धित खबर