कनकाई अनलाईन
काठमाडौं । राप्रपानिकट प्रवासी नेपाली एकता समाज पानस अष्ट्रेलियाको नेतृत्वले पूर्णता पाएको छ ।
पानकोमा महासचिवमा दुर्गाप्रसाद उप्रेती चयन हुनुभएको छ । झापा कनकाई नगरपालिका स्थायी घर भएका उप्रेती लामो समयदेखि अष्टेलियमा रहेर सामाजिक तथा व्यावसायिक कामहरु एकसाथ गर्दै आउनुभएको छ। यसैगरि कोषाध्यक्षमा गीता रायमाझी एड्लेड, प्रवक्तामा दिनेश शिवाकोटी मेलवर्न चयन भएका हुन् ।
यस्तै, भिक्टोरिया राज्य प्रमुखमा दीपक गौतम मेलवर्न र दक्षिण अष्ट्रेलिया राज्य प्रमुखमा केदार श्रेष्ठ ९एड्लेड० लाई मनोनीत गरिएको छ ।
पानस अष्ट्रेलियाको संयोजकमा यसअघि नै सिड्नी निवासी डा। रामकृष्ण निरौला चयन भइसकेका छन् ।