Kanakai Online

कनकाई १ को वडा सम्मेलनमा ३ सभापती सम्मानित


शनिवार, भदौ २, २०८० |

कनकाई अनलाईन

नेपाली काँग्रेस कनकाई १ ले पार्टीको वडा सम्मेलनमा ३ जना पूर्व सभापतीहरुलाई सम्मान गरेको छ । शुक्रबार कनकाई(१ स्थित कालिका सामुदायिक भवनमा आयोजित विशेष सम्मेलन कार्यक्रमका अवसरमा उक्त सम्मान गरिएको हो ।


सम्मानित हुनेहरुमा पार्टीका पुराना नेता १२औ अधिवेशनका निर्वाचित साविक सुरुङ्गा १ का धुर्वप्रसाद भट्टराई, साविक सुरुङ्गा(२ का लक्ष्मीप्रसाद काफ्ले र १३औ अधिवेशनका कार्यवाहकका नरध्वज खवास गरी तीन जनालाई पूर्व सभापतिका रुपमा सम्मान गरिएको जनार्ईएको छ । पुराना तथा अग्रजहरुले पुर्‍याउनु भएको योगदान प्रति सम्मान र आदर गर्नु नै नेपाली काँग्रेसको संस्कार रहेको जनाईएको छ ।
१४औ महाधिवेशन पश्चातका नेपाली काँग्रेस केन्द्रिय समितिले सुरु गरेको पार्टी शसक्तिकरण अभियानका जिल्ला, क्षेत्र तथा नगर कार्यसमितिको परिपत्रका आधरमा यो वडा सम्मेलनको आयोजना गरिएको हो । सम्पन्न सम्मेलनमा वडाको पार्टी कार्यकर्ता तथा क्रियाशिल सदस्यहरुको सहभागिता रहेको थियो । गत १४औं अधिवेशन पश्चात वडा समितिले गरिएको पार्टीको अत्यन्तै महत्वपूणर् तथा पहिलो ठुलो कार्यक्रमका रुपमा सम्पन्न गरिएको थियो । वडा नं।(१ सभापती तथा कायक्रमका सभाध्यक्ष मनोज बस्नेतले राजनितिक तथा सांगठनिक र सचिवले आर्थिक प्रतिवेद प्रस्तुत गरेको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापती देउकुमार थेवेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रुमख अतिथि थेवेले अबको संगठन सुधार गरेर लिएर जानका लागि कशैले कशैलाई दोसारोपण गरेर हुँदैन अरुलाई औल्याउनु भनेको आपैm पितलो बन्नु हो त्यसैले चुनावका भएका गतिविधिलाई सबै भुलेर एकजुट भई हातेमालो गर्दै अगाडी बढ्नका लागि सबैमा आवहान गनुर्् भयो । उहाँले वडा तथा नगर समितिलाई एउटा रुटिङ बनाएर सम्पूणर् टोलमा तथा भातृ संगठन समक्ष पुगिदिनका लागि निर्देशन दिनुभयो । अबको काँग्रेस बलियो पारेर अगाडी लिएर जानको लागि प्रशिक्षणको पनि आवश्यकता भएको हुनाले तत्काल जिल्लाले झापाका सबै पालिकामा रहेका सबै वडाहरुमा प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने समेत बताउनु भयो । जिल्ला सदस्य तथा वडा नं।(१ का प्रतिनिधि शिव कडेल, झापा क्षेत्र नं।(४ प्रदेश ख का सभापती ख्यामराज सिटौला, कनकाई नगर सभापती दुर्गाप्रसाद प्रसाई, महिला संघ नगर सभापती रेनुका मैनाली लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा जिल्ला सदस्य लीलाप्रसाद चिमरिया, क्षेत्रिय सचिव रुपनारायण खतिवडा, नगर उपसभापती शन्तोस रायमाझी, सचिव रेणुप्रसाद कडेल, नेविसंघ केन्द्रिय सदस्य भुवन खतिवडा, वडा न।।(२ का वडा सभापती बुद्धिमान बोहोरा लगायतको आतिथ्यता रहेको थियो । सहभागिहरु टेकनाथ लुईटेल, राजेश श्रेष्ठ, ईश्वर सुवेदी, डिल्ली रिजाल, मादव बराल, कैलाश नेपाली लगायतको जिज्ञासा मेटाउँदै प्रतिजवाफका रुपमा जिल्ला प्रतिनिधि शिव कडेलले आगामी संगठन कुसीमा बसेर होईन सम्पूणर् जनताहरु साँमु भुईमा बसाी उनीहरुको भावना र मर्मलाई बुुझेर गर्नु पर्नेमा जोड दिनु भयो । जनताका लागि काँग्रेस भन्ने नारालाई सार्थकता पार्न जे आवश्यकता रहन्छ त्यो गर्न तयार रहनु पर्नेमा जोड दिदै जिल्ला सदस्य तथा प्रतिनिधी कठेलले प्रस्ट पार्नु भएको थियो । जिल्ला सदस्य कुमारकणी पोखरेलले स्वागत सहित औचित्य माथी प्रस्ट पारेको कार्यक्रमको सञ्चालन सविच तिलचन्द रिजालले गरेका थिए ।

सम्बन्धित खबर