Kanakai Online

तत्काल सांसद खोल्न रास्वपा सभापति लामिछानेको माग


शुक्रवार, भदौ १, २०८० |

कनकाई अनलाईन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक खिचातानीका कारण संसद अवरुद्ध भएको भन्दै सांसद अवरुद्ध नर्गन चेतावनी दिनुभएको छ ।

शुक्रवार झापाको बिर्तामोडमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीद्धारा आयोजित सभालाई संबोधन गर्दै लामिछानेले राजनीतिक खिचातानीका कारण धेरै समय संसदलाई बन्धक बनाउन नमिल्ने बताउँनुभयो । जनताका धेरै कुरा उठाउनु छ’ जसकारण चाँडोभन्दा चाँडो सदन खुलाउन समेत सम्बन्धित पक्ष र दललाई लामिछानेले आग्रह गर्नुभएको छ ।

सभामा लामिछानेसहित केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल, संघीय संसदका प्रमुख सचेतक सन्तोष परियार, सांसद निशा डाँगी, केन्द्रीय सदस्य रमेश प्रसाईलगायतका केन्द्रीय नेताहरुले सम्वोधन गर्नुभएको थियो । लामिछानेले शुक्रवार र शनिवार झापाका ८ स्थानमा हुने सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको रास्वपाका झापा जिल्ला सचिव प्रकाश पाठकले बताउँनुभयो ।

सम्बन्धित खबर