कनकाई अनलाईन
बिरिङ्ग नदिमा नदीजन्य पदार्थ निकालिरहेको ट्रयाक्टरलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको बाह्रदशी– ७ बिरिङ्ग खोलाबाट हिजो बेलुका प्रदेश १–०१०१ त ८३९८ नम्बरको ट्रयाक्टरलाई घैलाडुबा प्रहरीले नियन्त्रणमा लिएको हो ।
असार साउन र भदौ महिनामा नदीजन्य पदार्थ उत्खनन् गर्न नपाईने व्यवस्था रहेको छ । नियन्त्रणमा लिएको ट्रयाक्टरलाई बाह्रदशी गाउँपालिकामा कार्वाहिको लागि पत्र पठाईएको प्रहरीले जनाएको छ । हाल उक्त ट्रयाक्टरलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बामा राखिएको छ ।