जोशीला कार्की
पछिल्लो समय भाइरल इन्फेक्सनको रुपमा देशव्यापी फैलिएको आँखा पाक्ने रोग र डेङ्गु सङ्क्रमण बढेसङ्गै नेपालको पूर्वी जिल्ला ईलामको रोङ गाउँपालिका पनि अछुतोरहेन ।
विशेष गरि यहाँका अधिकांश बालबालिकाहरुमा आँखा पाक्ने रोगको संक्रमण देखिए पश्चात् रोङ गाउँपालिका वडा न २धन्सार स्थित स्वास्थ चौकीको सहकार्यमा सोही वडा स्थित श्री शशी माध्यमिक विद्यालयमा आँखापाक्ने रोग र डेङ्गिसम्बन्धि सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।
आँखापाक्ने रोग आई फ्लुले विशेष गरी बालबालिकाहरुमा सङ्क्रमण अत्याधिक रुपमा फैलिएको पाइएकाले विद्यार्थी भाइबहिनीहरुको स्वास्थलाई ध्यानदिदै विद्यालयले स्वास्थ चौकीको सहकार्यमा आयोजना गरेको सचेतना कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागि भएका थिए ।
कार्यक्रममा भाइरल इन्फेक्सनका रुपमा रहेको आँखा पाक्ने रोग र डेङ्गु लाग्नुको कारण, लक्षण र यसबाट बच्ने उपायको बारेमा विद्यार्थीहरुसङ्ग अन्तरक्रिया गर्दै स्वास्थ्यकर्मी सुजता राईले रोगबारे प्रष्ट पार्दै रोगबाट बच्ने उपाय र रोग लागेपश्चात् अपनाउनुपर्ने सावधानिको बारेमा जानकारी गराउनु भएको थियो ।त्यसैगरि स्वास्थ्यकर्मी अमृता दाहालले उक्त रोग सम्बन्धि तयार पारिएको सामाग्रीहरु प्रयोग गरी रोगबारे थप जानकारी उपलब्ध गराउनु भयो ।
आँखा पाक्ने रोग र डेङ्गु सम्बन्धि सचेतना कार्यक्रमको समापन पश्चात् विद्यालयका सम्पुर्ण शिक्षक कर्मचारी स्वास्थकर्मी र विद्यार्थीहरुको सहभागितामा विद्यालय हाताको सरसफाइ समेत गरिएको थियो ।