Kanakai Online

अवैध सुपारी र कपडा नियन्त्रण


बुधवार, साउन ३१, २०८० |

कनकाई अनलाईन
झापाको मेचीनगरबाट अवैध सुख्खा सुपारी र लत्ताकपडा प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले बुधबार बिहान ६ः४०मा मेचीनगर–१० स्थित निन्दा पुल नजिकै सवारीसाधन चेकजाँचको क्रममा भन्सार छलीका लत्ताकपडा बरामद गरेको छ ।
प्रहरीले सवारीसाधनबाट साडी–७४ पिस, कुर्ता सुरुवाल–२० पिस, सल–४ पिस गरी अन्दाजी मुल्य ४८ हजार ६ सयको कपडा बरामद गरेको छ । बरामद गरिएको सुपारी र लत्ताकपडा आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ । यसैगरी प्रहरीले मंगलबार राति सवा ८ बजेतिर विशेष सूचनाको आधारमा मेचीनगर नगरपालिका–१० स्थित खयरडाँगी बस्ने शेखर खड्काको घरबाट ९ बोरा अन्दाजी ४५० केजी सुपारी बरामद गरेको हो । आवश्यक कागजात बिनाको करिब २ लाख ७० हजार मुल्य बराबरको सुपारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर