कनकाई अनलाईन
सामुदायिक विद्यालयव्यवस्थापन समितिमहासङ्घ नेपालले झापामापनि ज्ञापनपत्र बुझाएको छ ।
सामुदायिकविद्यालयव्यवस्थापन समितिमहासङ्घ नेपालका केन्द्रीय सदस्यतथाकन्काई माध्यमिक विद्यालय सुरुङ्गाका अध्यक्ष चन्द्रप्रसाद प्रसाईंको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइझापामा ज्ञापनपत्र बुझाइएको हो ।
महासङ्घले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सम्बन्धमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमाविधेयकको मस्यौदाकाबारेमा फरक–फरक धारणाहरू सार्वजनिकभइरहेको भन्दै वास्तविकता सरकारले नै बाहिर ल्याउनुपर्नेमा जोड दिएको छ ।
महासङ्घले सरकारले औपचारिक रूपमाविधेयकको मस्यौदा सार्वजनिकनगरेतापनि सरकारको आधिकारिक छाप र दस्तखतभएको दस्तावेज बाहिर आएको र मन्त्रिपरिषद्बाट स्वीकृत भएको भनिएको उक्तविधेयक संसदमादर्ता नगरी मनोमानीपूर्ण फेरबदलगरिराखेको भन्ने समाचारसमेत सार्वजनिकभएको दाबी गरेको छ।
सामुदायिकविद्यालयव्यवस्थापन समितिमहासङ्घ नेपालले समुदायको स्वामित्व र अगुवाइमा सञ्चालनहुने विद्यालय सामुदायिकविद्यालयभएकाले सङ्घीयशिक्षा ऐनमा सामुदायिकविद्यालयलेख्न, विद्यालयव्यवस्थापन समितिको नेतृत्वमाअभिभावकमध्येबाटराख्न, अभिभावक भेलामार्फत विद्यालयव्यवस्थापन समितिगठनको प्रबन्धराख्न, जनप्रतिनिधि र प्रधानाध्यापकको जस्तै विद्यालयव्यवस्थापन समितिको पदावधिपाँचवर्ष कायमगर्न, खुल्लाप्रतिस्पर्धाबाटप्रधानाध्यापकछनौट गर्दा विद्यालयव्यवस्थापन समितिको निर्णायक सहभागिता रहने व्यवस्थागर्न र सामुदायिकविद्यालय सञ्चालन, व्यवस्थापन र सुधारमा स्वयंसेवीरूपमाक्रियाशीलविद्यालयव्यवस्थापन समितिहरूको राष्ट्रियछाता सङ्गठन सामुदायिकविद्यालयव्यवस्थापन समितिमहासङ्घ नेपालको भूमिकालाई सङ्घीयशिक्षा ऐनमाव्यवस्थागर्न माग गरेको छ ।
विद्यालयशिक्षासम्बन्धीकानून संशोधन र एकीकरण गर्न बनेको विधेयककुनैपनि सरोकारवालाहरुसँग छलफल र परामर्शबिना नै तयार गरेको विधेयकमस्यौदालाई अध्ययनगर्दा विद्यालयव्यवस्थापन समितिसम्बन्धीव्यवस्थात्रुटिपूर्ण रहेको, विद्यालय सञ्चालन र व्यवस्थापनमाअभिभावकको कुनैपनि सहभागिता, संलग्नता र भूमिका नरहनेगरी विधेयकमस्यौदा तयार भएको बुझिएको महासङ्घले दाबी गरेको छ।
ज्ञापनपत्रझापाकाप्रमुखजिल्लाअधिकारी शिवरामपोखरेल र शिक्षाविकास तथा समन्यइकाइझापाकाशिक्षाअधिकृत भोलादाहालले अलगअलगकार्यक्रमवीचग्रहण गरेका थिए । मागपत्रग्रहणपश्चातदुवै कार्यालयले आफ्नो मन्त्रालयलाई पत्राचार गरेको बुझिएको छ ।
ज्ञापनपत्रबुझाउने टोलीमा ज्योतिमाविकमल–२ का अध्यक्षतिलकखडका, सरस्वतीमाविकमल–४ का अध्यक्ष दोलखबहादुर रायमाझी, आदर्श विद्यामन्दिर मावि घैलाडुब्बाका सदस्य नरेन्द्र घिमिरे, लालपानीमाविकाप्रअबालकृष्ण प्रसाई, जनचेतनाआधारभूतविद्यालयका सदस्यजीवनाथओझा, भृकुटीमाविदुर्गापुरका अध्यक्षनवीनबस्नेत, चम्पापुरमाविकाअध्यक्ष सीताबस्नेत लगायतको सहभागिता रहेको थियो ।