Kanakai Online

‘रुपियाँ एक, सेवा अनेक’ कार्यक्रम


सोमवार, साउन २९, २०८० |

कनकाई अनलाईन
दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्था दमकले ‘रुपियाँ एक सेवा अनेक’ कार्यक्रम सार्वजनिक गरेको छ ।

आइतबार २७ औँ वार्षिकोत्सव तथा २९ औँ साधारण सभाको पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गर्दै यो कार्यक्रम सार्वजनिक गरेको हो ।

सदस्य तथा समुदायमा आधारित रहेर सामाजिक काम गर्नका लागि इच्छुक सहकारीका सदस्यबाट दैनिक एक रुपियाँ उठाउने र उठे बराबरको रकम सहकारीले थपेर सामाजिक अभियानमा खर्च गरिने सार्वजनिक गरेको हो । असार मसान्तसम्ममा सहकारीको सदस्य सङ्ख्या १५ हजार २५८ रहेको छ ।

सहकारीले यसमा मन हुने सहकारी सदस्य मात्र सहभागी हुने र करकाप नगरिने पनि जनाएको छ । “सानो सानो सहयोगले पनि सामाजिक काममा ठुलो योगदान दिन सकिन्छ भनेर हामीले यो कार्यक्रम ल्याएका छौँ,” सहकारीका संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले भन्नुभयो ।

सम्बन्धित खबर