कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ८ र ४ नम्बर वार्डका २४ जना भुमिहिन सुकुम्बासीलाई आइतवार निशुल्क जग्गा धनीपुर्जा प्रदान गरिएको छ ।
नगरपालिकामा लामो समयदेखि बसोबास गर्दै आउँनुभएका र देशभर आफ्नो तथा आफ्नो परिवारको नाममा जमिन नभएका २४ घर परिवारलाई निशुल्क बसोबासीको आधारमा जमिनको लालपुर्जा प्रदान गरिएको कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।
नगरपालिकामा आयोजित विशेष कार्यक्रममा विच राष्ट्रिय भुमि आयोगका अध्यक्ष तिलक पाण्डे , कनकाई नगरपालका प्रमुख पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी, भुमि आयोगका सदस्य सानुकुमार लामा, सदस्य ताराप्रसाद सुवेदी, युएन हयाबीटाटकी प्रतिनिधि मिस हेलेन जीएलटिएन, नापी कार्यालय झापाका प्रमुख सुरेशलाल कर्ण, भुमिसुधार तथा मालपोत कार्यालयका प्रमुख योगेश दुलाल, कनकाई ४ का वडाअध्यक्ष रोषन सुवेदी, ८ का वडाअध्यक्ष लीलाबहादुर कटुवाललगायातले लामो समयदेखि कनकाई नगरपालिका ४ र ८ नम्बर वार्डमा बसोबास गर्दै आउँनुभएका सुकुम्बासीलाई आधा कठ्ठादेखि डेढ कठ्ठासम्मसम्मको धनीपुर्जा बितरण गरेको हो ।
आज कनकाई नगरपालिकामा आयोजित विशेष कार्यक्रमका विच वार्ड नम्बर ४ का ११ जना र ८ का १३ जना सुकुम्बासीलाई धनीपुर्जा बितरण गरिएको हो ।
धनीपुर्जा बितरण गर्दै राष्ट्रिय भुमि आयोग झापाका अध्यक्ष तिलक पाण्डेले कतिपय अवस्थामा आयोगलाई पुर्ण अधिकार र बजेट नदिएको कारण आयोगले पुर्ण क्षमताका साथमा काम गर्न नपाएको भन्दै कनकाई नगरपालिकाले प्रदेशमै सबैभन्दा वढी काम गरिरहेको बताउँनुभयो । आयोगलाई सरकाले वन जंगलको २१ सालको नापीका वेलामा रहेको सार्वजनिक बाटो, पैनी, खोलाको जमिनको धनीपुर्जा नदिनु भनेको छ हाल ती. स्थानमा बसोबासी छ यसैले समस्या भएको छ आयोगका अध्यक्ष पाण्डेले भन्नुभयो । यद्धपि देशकै सबैभन्दा वढी धनीपुर्जाको क्षेत्रमा कनकाईले काम गरिरहेको भन्दै पाण्डेले कनकाई नगरपालिकाको कामको मुक्त कण्ठले प्रसंसा गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकामा ७०५१ जना भुमिहिन, दलित तथा अव्यवस्थित बसोबासीको धनीपुर्जा वितरणको तयारी गरिएकोमा हालसम्म ८१ जनाको मात्रै धनीपुर्जा बितरण गर्न पाएको बताउँनुभयो । कतिपय कानुनी झन्झट र महगो शुल्कका कारण खासमा अव्यवस्थित बसोबासीको धनीपुर्जा बितरणमा समस्या आएको नगरप्रमुख पोखरेलले भनाई रहेको छ ।
यी हुन आज निशुल्क धनीपुर्जा प्राप्त गर्ने सुकुम्बासीहरु ः वार्ड नम्बर ४ का १) माया रिजाल २) भीष्मप्रसाद सिटौला, ३) केदारनाथ दाहाल ४) कुमार सापकोटा ५) विश्वबन्धु गौतम, ६) गोमादेवि दाश दर्जी ७) रमेश खनाल ८) बिजय थापा ९) मनमाया भुजेल, १०) सोमनाथ घिमिरे ११) रिविन्द्र राई यसैगरि कनकाई नगरपालिका ८ का १२) लक्ष्मीेदेवि राई १३) हरिकुमार राई १४) केशव चौधरी १५) नन्दलाल विक १६) कुमार दर्जी, १७) हिमादेवि कोइराला १८) दिपेन्द्र ढकाल १९) हर्कंबहादुर राई २०) रिता राजवंशी २१) अर्शु टुडु २२) सुशिल दर्जी २३) कमलप्रसाद कोइराला र २४) टिकाप्रसाद गौतम ।