Kanakai Online

डेङ्गी नियन्त्रण अभियानमा जुट्दै झापाको कनकाई


शुक्रवार, साउन २६, २०८० |

चन्द्र बस्नेत

डेङ्गी सङ्क्रमितको सङ्ख्या तिव्र रुपमा बढेपछि झापाको कनकाईनगरपालिकाले बिहीबारबाट डेङ्गी नियन्त्रण अभियानमा जुटेको छ। डेंगी ‘खोज र नष्ट गर’ अभियानमा नगरपालिकाको स्वास्थ्य शाखाले पालिकाको सभा हलमा एक सचेतनामुलक कार्यक्रम सम्पन्न गरेसँगै नगरका वडाहरुमा डेंगी विरुद्धको अभियानलाई तिब्रता दिईएको छ।
नौ वटा वडा रहेको कनकाईमा डेङ्गी सङ्क्रमितको सख्या बढन थालेसगै बिहीबार वडा न ४ र ८ का प्रतेक बाटो, चोक गल्ली तथा घर घरमा पुगि सचेतना मुलक र्यालिसहित औसधि छिट्ने काम सुरु गरिएको कनकाईका जनस्वास्थ्य अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।


वडा नं।४ मा वडाअध्यक्ष रोशन सुवेदीको अध्यक्षतामा साथै वडा नं।८ मा वडाअध्यक्ष लिलावहादुर कटुवालको अध्यक्षतामा अभियानको सुभारम्भ भएको नगरपालिकाकी स्वास्थ्यकर्मी टिकामाया दवाडीले जानकारी दिनुभयो ।
कनकाईमा अहिले यो वर्ष नमुना चेक गरेका मध्ये ३२ जनामा संग्क्रमण पुष्टि भएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको जानकारी दिनुभयो ।
उहाँले डेङ्गी नियन्त्रणका लागि सबै वडामा अभियान चलाउने भन्दै सबैले आ आफ्नो घर वरिपरि सरसफाइमा ध्यान दिने लामो बाउला भएका कपडालगाउनु साथै झुलको प्रयोग गरेर मात्रै सुत्न सम्पूर्ण नगर बासिमा आग्रह समेत गर्नुभयो ।

नगर प्रमुख पोखरेलले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेङ्गी सङ्क्रमण बढिरहेको बताउनुभयो ।
नगर प्रमुख पोखरेलले डेंगी सार्न सक्ने लामखुट्टेको सम्भावित वासस्थान भएका पुराना टायर, ड्रम लगायतमा संचित गरिएका पानी पोखिनुका साथै स्वास्थ्य सचेतना सञ्चालन सुरु गरिएको बताउनुभयो ।उहाँले यसैगरी डेङ्गी सङ्क्रमण बढ्दै जाने हो भने भदौ र असोजमा निक्कै उच्च हुने जिकिर गर्नुभयो ।नगर प्रमुख पोखरेलले भने, ‘डेंगी रोग लामखुट्टेको टोकाईबाट लाग्ने भएकाले अघिल्ला वर्षाहरु झैं यस पटक फगी स्प्रे ९धुँवा उढाउँने काम० नगर्ने जानकारी दिनुभयो ।‘खोज तथा नष्ट गर’ अभियान टोल टोलमा सञ्चालन गरिने जानकारी दिँदै कनकाई नगरपालिका जनस्वास्थ्य प्रमुख नारायण अधिकारीले ज्वरो आउने वित्तिकै स्वास्थ्यकर्मी र चिकित्सकको सल्लाहबिना कुनै पनि औषधी नखान नगरबासीलाई आग्रह गर्नुभएको छ ।

डेङ्गी नियन्त्रण अभियानमा नगर प्रमुख पोखरेल , वडा न ४ का अध्यक्ष रोषन सुवेदी सहित अन्य वडा सदस्य , टोल विकास सस्थाका पदाधिकारी , नगर स्वास्थ्य शाखाका कर्मचारी त्यस्तै वडा न ८ का वडा अध्यक्ष लिलाबहदुर कटुवालसहित अन्य वडा सदस्य , टोल विकास सस्थाका पदाधिकारी सहितको टोलिले औसधि छिट्ने अभियानमा लागि परेको हो।
शुक्रबार वडा न २ मा उक्त अभियान संचालन गरिने वडा अध्यक्ष वलराम राई ९ प्रतापले ० जानकारी दिनुभयो।

कनकाई नगरपालिकाले सबै जसो वडाहरुमा डेगीं पहिचान गरेर नष्ट गर्ने र घर घरमा सन्देश पु¥याउनकोलागि विद्यालय, स्वास्थ्यकर्मी लगायत सरोकारवाला निकायहरुसंँग छलफल अन्तरक्रिया कार्यक्रमहरु समेत संचालन गर्दै अघि बढ्ने कर्मचारी विजय पाठकले जानकारी दिनुभयो ।
यसैबीच नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार बिहीबार साझ सम्ममा नेपालीको यसवर्ष अहिलेसम्म दश हजार सात सय २६ जनालाई डेङ्गी सङ्क्रमण भएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । अहिलेसम्म ९ जनाले ज्यान गुमाएका तथ्याङ्क छ ।
सन् २०२२ मा नेपालमा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण हुँदा ८८ जनाको ज्यान गएको थियो । यसपालि सङ्क्रमण देखिएकामध्ये सबैभन्दा धेरै सुनसरीमा भेटिएका छन् । महाशाखाका अनुसार सुनसरीमा ६ हजार ४१ जनामा डेङ्गी सङ्क्रमण भएको छ ।
कोशी प्रदेशमा आठ हजार एक सय नौ जना, बाग्मती प्रदेशमा एक हजार चार सय ५३ जना, गण्डकी प्रदेशमा चार सय ७१ जना, सुदूरपश्चिम प्रदेशमा तीन सय ९३ जना, लुम्बिनी प्रदेशमा दुई सय १५ जना, मधेस प्रदेशमा ५७ र कर्णाली प्रदेशमा २८ जनामा सङ्क्रमण देखिएको छ ।
सुनसरीपछि मोरङमा एक हजार तीन सय ४४, धादिङमा एक हजार २७ जना, कास्कीमा दुई सय २५ जना, धनकुटामा दुई सय २३, दार्चुलामा एक सय ९२ जना, झापामा एक सय ८२, काठमाण्डौमा एक सय ५१, सङ्खुवासभामा एक सय ४८ जना र तनहुँमा ७९ जना बिरामी भेटिएका छन् ।नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गी देखिएको थियो ।

सम्बन्धित खबर