Kanakai Online

अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गरी दर्ता गर्न आग्रह


बुधवार, साउन २४, २०८० |

कनकाई अनलाईन
औषधि व्यवस्था विभागले सबै निजी, सरकारी, सामुदायिक, शिक्षणलगायतका गैरसरकारी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गरी दर्ता गर्न आग्रह गरेको छ ।

विभागले सबै निजी, सरकारी, सामुदायिक, शिक्षणलगायतका गैरसरकारी अस्पताललाई एक महिनाभित्र आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालन गरी कार्यलयमा दर्ता गर्न आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १६ गते सबै निजी, सरकारी, सामुदायिक, शिक्षणलगायतका गैरसरकारी अस्पताललाई परिपत्र गर्दै आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालन गर्न परिपत्र गरिसकेको छ ।

परिपत्रमा मन्त्रालयले एक महिनाभित्र आफ्नै फार्मेसी नहुने अस्पतालहरुले आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो । साथै विभागले अस्पतालको परिसरभित्र अन्य कुनै पनि निजी फार्मेसी सञ्चालन हुन नदिन सबैलाई आग्रह गरेको छ । यता झापाका कनकाई नगर अस्पताल लगायातका प्राय सबै अस्पताले आफ्नो अस्पतालको फार्मेसी भने निजी क्षेत्रलाई भाडामा दिएको पाइएको छ । हालै मात्रै शिवसताक्षी नगरपालिकाको एकमात्र अस्पतालको समेत फार्मेसीलाई भाडामा लगाएको पाइएको छ । सरकारले एक महिनाभित्र आफै सञ्चालन गर्नु भनिएपनि कम्तीमा अस्पतालले एक बर्षका लागि भाडामा दिएको पाइएको छ । यता कनकाई नगरपालिकाले भने औषधि फार्मेसी आफ्फै सञ्चालनको तयारी थालेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई अनलाईनलाई बताउँनुभयो । हामी आफैपनि सञ्चालनको तयारीमा थियौ सरकारले झन यस नियम ल्याएपछि सजिलो भयो पोखरेलले भन्नुभयो ।

सम्बन्धित खबर