कनकाई अनलाईन
बन्द निषेधित नगरि कनकाई सुरुङ्गामा बन्दका वेला संस्थागत विद्यालयहरु बन्द गरेको भनेर चर्को आलोचना भइरहेको बेला यहाँस्थित झापा कनकाई नगरपालिका ३ सुरुङ्गामा अवस्थित ग्लोबल एडुकेयर एकेडेमीले भने बन्दका वेला पनि विद्यालय सञ्चालनमा ल्याएको छ ।
बालबालिकाहरुको विद्यालयमा गई पढ्न पाउने अधिकार कुनै पनि बहानामा खोसिनु हुँदैन त्यसैपनि सुरुङ्गा बन्द निषेधित क्षेत्र हो, सुरुङ्गामा स्कुल संञ्चालन गरेपछि बन्द भयो भनेर स्कुल बन्द नगरौ भनेर विद्यालय सञ्चालन गरेको हौ ग्लोबल एडुकेयरका पिन्सिपल बिमान लामाले कनकाई अनलाईनसग भन्नुभयो ।
आफ्नो र विद्यालयको यस अभियानले कनकाईका अन्य विद्यालयले पनि साथ दिनेमा आफु विश्वस्त भएको र अबका वाकी दिनहरुमा स्कुल खुलाउने वारेमा अभियान चलाएको लामाको भनाई रहेको छ । बालबालिकाहरुको विद्यालयमा गई पढ्न पाउने अधिकार पनि हो । अझ मत भन्छु देशका सबै कुनाका वालवालिकाहरुले कुनै पनि वहानामा स्कुल जानबाट बञ्चित हुनु नपरोस यसले कसैलाई फाइदा गर्दैन देशलाई फाइदा गर्दैन लामाले भन्नुभयो ।
हामीले यस अभियानको सुरुवात नगरे कस्ले गर्छ अहिले नगरे कहिले हुन्छ भन्दै लामाले कनकाईमा बन्दका बेला समेत स्कुल सञ्चालनको अभियान चलाएका हुन । कनकाईका अन्य सरकारी वाहेकका विद्यालय भने बन्दको दिन सुचना प्रकाशन गरेरै स्कुल विदा दिदै आएका छन । सुरुङ्गा क्षेत्रमा अन्य पालिका समेतका विद्यार्थीहरु स्कुल बस चढेर अध्यानका लागि आउने हुदा बन्दका दिन स्कुल बस सञ्चालन नहुदा विद्यार्थीको उपस्थिति नहुने भएकोले स्कुल विदा दिनुपर्ने बाध्यता भएको कनकाई नगरपालिका ३ का एक पिन्सिपलले कनकाई अनलाईलाई बताउँनुभयो ।
यता कोशी प्रदेश नामाङ्कनको विरोधसहित विभिन्न पहिचानवादी समूहले गरेको बन्दका कारण झापा सहित पुर्वका अन्य जिल्लाहरुमा जनजीवनमा आशिंक प्रभाव परेको छ ।
लिम्बुवानको सार्वभौमिकता गुमेको दिनलाई स्मरण गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले आह्वान गरेको बन्दलाई कोशी प्रदेश नामाङ्कनको विरोधमा रहेका विभिन्न किराँत लिम्बुवान समूहको आह्वानमा घोषणा गरिएको बन्दले झापासहित कोशी प्रदेशका विभिन्न जिल्लाको जनजीवनमा आशिंक प्रभाव परेको हो ।