Kanakai Online

इलाममा स्कुस खेतिमा आकर्षण


आइतवार, साउन २१, २०८० |

जनक न्यौपाने
कृषिकर्मको अनेकन सभावना खोजिरहेका ईलामे किसानहरु सभावनाको खोजि गर्दै स्कुसखेती ले आकर्षित गरेको छ ।
फल मुन्टा र जरासमेत बिक्ने बहुबर्षे वाली स्कुस ईलामे भुमिमा पहिला देखी नै गरिदै आएपनि अहिले भने ब्यवसायिक रुपमा नै थालिएको छ । ईलामको प्राय सबै स्थानहरुमा हुने स्कुस खेति अहिले सिमाबर्ति स्थान,राजमार्ग र झापासग जोडिएको गाउहरुमा भने आम्दामीको प्रमुख श्रोत बन्दै गएको हो ।

बिगत एक दशकयता रोङ ६ का किसानहरुले मुन्टा बेच्नको लागि स्कुसको ब्यवसायिक खेति गर्दै आएका छन ।यहाका एकै किसानले सातामा तीनसय मुढासम्म मुन्टा उत्पादन गर्ने गरेका रोङ ६ का किसान जीवन राई बताउछन ।

चैत्र देखी भदौ सम्म मुन्टा उत्पादन गरेर झापाका बाहुण्डागी,काकडभिट्टा,चारआली बिर्तामोड,मेचि राजमार्गका हर्कटे खण्डका सडक पसल सगै भारतको लोहागढ ,नक्शालबाढी सम्म लैजाने गरेका छन ।यसैगरि अन्तु समाल्बुङ फिक्कल पशुपति नगरतिर फलको लागि स्कुस उत्पादन गर्ने गरिएको श्रीअन्तुका बिबेक शर्मा लामिछानेले बताए ।

यस क्षेत्रमा उत्पादित स्कुस भारत तिर निर्यात हुने गरेको छ । यहा उत्पादित स्कुस फल र पछि तरुलको लागि रोपिने गरेको हो ।पछिल्लो समयमा भारत निकासीको लागि सजिलो र भारतिय ब्यपारीहरु स्कुस किन्न गाउमै आउन थालेपछि किसानहरुको मोह स्कुस खेतिमा बढेको छ ।बिगत लामो समय ब्यवसायिक पत्रकारीता गर्दै आएका फिक्कलका दिनेस महत फार्म नै खोलेर स्कुस खेतीतिर लागेका छन् ।उनले बि ।एण्ड।एम कृषि तथा पशुपालन नगरपालिका (८ कजेनीमा स्कुस,चिया खेति र गाईपालन ब्यावसाय शुरु गरिएको छ ।
करिव १२ रोपनी क्षेत्रफलमा स्कुस ,२५ रोपनीमा चियाखेती र ६ माऊ गाइपालन थालिएको छ । गतबर्ष उत्पादन राम्रो थियो तर यसवर्ष कम छ ।तर गतबर्षको ३ मनको भाउ १ मनले बोल्छ ।उत्पादन कम भएपनि भाउ राम्रो छ ।शुरुबाट प्रतिमन १ हजार मा बिक्री हुदै आएको स्कुस १६ सयबाट अहिले १२ सयले बारिबाट बिक्री हुदैछ महतले बताए । बि।एण्ड।एम कृषि तथा पशुपालन फार्ममा अहिले हप्तामा २० मन स्कुस उत्पादन हुने गरेको छ ।उनको फार्ममा अहिले ८० फिट लामो गोठ निर्माण भईसकेको छ ।गोठमा ७ माउ गाई छन् ।गतबर्षबाट फार्म सञ्चालन गरेका महतले दैनिक ३५(४० लिटर दुध उत्पादन गर्छन् ।मल स्कुसलाई कामदिन्छ ।
महत मात्रै हैन कजेनि ,मालुम गैरिगाउ लगायतका गाउहरुमा यस्ता दर्जनौ किसानहरु रहेकागैरीगाउका किसान प्रेम बहादुर खड्काले बताए उनले करिव २५ रोपनीमा सुनपा (९ गैरिगाउमा लगाएका छन् ।
किसानहरु आफै गर्छन् पहिलो चोटि अलि धेरै लगानि भएपनि क्रमस दोश्रो बर्षतिर घट्दै जान्छ ।माझ बनाएको बास दोश्रो तेश्रो बर्ष सम्म हुन्छ ।फलिसकेपछि लहराघास र पातको खोलेहुने हुदा गाई पालन गर्न पनि सजिलो छ किसानहरु बताउछन । यसरी उत्पादनमा लागेका किसानरुमा बिचौलियाको पिर छ ।जगली जनावरको त्रास छ ।सरकारवाट प्राबिधिक सहयोग छैन ।उन्नत जातको पहिचान छैन यी कुराहरुमा सहयोग भए किसान प्रोत्साहित हुने र रोजगारीका लागि बिदेशिने कुर्य कम भई मुलुक आर्थिक समृद्धिमा लाग्ने निश्चित रहेको छ ।

सम्बन्धित खबर