Kanakai Online

चौकीदार लय शिवाकोटीलाई हटाउनुपर्ने माग राख्दै कैदी बन्दी आन्दोलन


शुक्रवार, साउन १९, २०८० |

कनकाई अनलाईन
झापा जिल्ला कारागार भद्रपुरमा भएको घटना साम्य भएको छ । झण्डै २ घण्टा असान्त भएको कारागार शान्त भएको हो । कैदीबन्दी र प्रशासनबीचको वार्तापछि कारागार शान्त बनेको जेलर मोहनलाल पनेरुले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, सुरक्षाका प्रमुखहरुसँग कैदीबन्दीले राखेको माग सम्बोधन गर्ने भनेपछि अवस्था सामान्य बनेको हो । कैदीबन्दीहरुले चौकीदार लय शिवाकोटीलाई हटाउनुपर्ने र भाई चौकीदारलाई सरुवा गर्न नहुने माग राखेका छन् । उनीहरुको मागलाई उचित ढंगबाट सम्बोधन गर्ने भनेपछि अशान्त बनेका कैदीवन्दीहरु शान्त भएका छन् ।

झापा कारागारका जेलर पनेरुका अनुसार आज भाई चौकीदार मनोज लावतीलाई झुम्का सरुवा गर्ने तयारी थियो । लावतीलाई हत्कडी लगाउन साथ होहल्ला गरेपछि कैदीबन्दीले झडप गरेका थिए । उनीहरुले लावतीलाई सरुवा गर्न नहुने भन्दै नारावाजी गर्दै आगजनी समेत गरेका थिए ।

भाइ चौकीदार लावतीलाई सरुवा गर्न प्रमुख चौकीदार शिवाकोटीले भूमिका खेलेको भन्दै उनलाई जेलबाट हटाएर अर्को ठाउँ सरुवा गर्नुपर्ने माग राखेका छन् । वार्तामा कैदीवन्दीलाई भित्रको सुरक्षा व्यवस्थालाई व्यवस्थित नगरे राज्यले आफ्नो ढंगबाट प्रक्रिया अघि बढाउने चेतावनी दिइएको छ ।

जेलर पनेरुले शिवाकोटीको सरुवाका लागि विभागीय पत्र नआएको जानकारी दिए । शिवाकोटी र लावती दुवै जना अलग–अलग घटनामा कर्तव्य ज्यान मुद्धामा सजाय भुक्तान गरिहरेका छन् । लय तत्कालिन शरणामती गाविसका लेखापाल तथा आफ्नै मित्रको हत्या आरोपमा झापा कारागारमा सजाय काटिरहेका छन । उनी हाल झापा जिल्लाको प्रमुख चौकीचारका रुपमा रहेका छन ।
झापाका प्रहरी प्रवक्ता खगेन्द्र रिजालका अनुसार केहि कुराको सहमतिपछि हाल झापा जिल्लाको अवस्था सामान्य बनेको छ ।

सम्बन्धित खबर