Kanakai Online

लेखा अधिकृतविरुद्व घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा


शुक्रवार, साउन १९, २०८० |

कनकाई अनलाईन
काठमाडौं, साउन १९ गते । मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्व सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिएको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार ढकालले नगरपालिका तथा वडा कार्यालयहरुमा भएको भुक्तानी दिने प्रयोजनका लागि सो घुस लिएको आरोप लागेको छ ।

आरोपितलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रकम दुई लाख रुपियाँसहित कैद सजाय हुन मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

सम्बन्धित खबर