Kanakai Online

झापा कारागार अहिले शान्त


शुक्रवार, साउन १९, २०८० |

कनकाई अनलाईन
चन्द्रगढीस्थित झापा कारागारका कैदीबन्दीहरु आन्दोलित भएकोमा हाल वातावरण शान्त भएको छ ।

उनीहरुले कारागारभित्र आगजनी गरेका थिए । कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीवन्दीहरु आन्दोलनमा उत्रिएका बताइएको छ । लावती झापा कारागारका भाई नाईके रहेको बताईएको छ । जेलका नाइके भने लय शिवाकोटी हुन ।
शुक्रवार कैदीबन्दीहरुले झापा कारागारभित्र नारावाजी सहित टायर बालेर विरोध प्रदर्शन गरेका हुन । कैदीबन्दीले कारागारभित्रबाट टायर वालेको कारण धुँवाको मुस्लो उडेको थियो । भद्रपुर, मेचीनगर र विर्तामोडको दमकल प्रयोग गरि आगो निभाइएको थियो । सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो संख्या कारागार बाहिर तैनाथ गरिएको थियो ।कैदीबन्दीहरुले प्रहरीलाई कारागारभित्रैबाट ढुंगा प्रहार गरिरहेका छन । बिहान ११ बजेदेखि भएको विवाद दिउसो ४ बजेबाट साम्य भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्र रिजालले बताउँनुभयो । प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख र जेलका प्रतिनिधिहरु बसेर सरुवा गर्नुपर्नेलाई सरुवा गर्ने र सरुवा गर्नु नहुनेलाई नगर्ने सहमति बनेपछि जेलमा आन्दोलनमा रहेका सबै कैदीबन्दीहरु हाललाई खाना खान गएको प्रहरी प्रवक्ता रिजालले बताउँनुभयो ।

सम्बन्धित खबर