Kanakai Online

कनकाईमा दुले चोर पल्कीए, चोरले मन्दिरलाई बनाए पहिलो निशाना


शुक्रवार, साउन १९, २०८० |

कनकाई अनलाईन

दुले चोरले झापाको कनकाई नगरपालिकामा धार्मिक स्थल समेतबाट चोरी गर्न थालेका छन । चोरले बिहीबार रातिको समयमा कनकाई ५ बेनुबाजा स्थिति हरि सत्सङ्ग सेवा समिती राम दरवारमा चोरी गरेकाछन ।

मन्दिरमा रहेको लगभग बीस हजार नगद र दान पेटीकामा भयको थप रकम सहित विभिन्न बहुमुल्य समान चोरिभएको स्थानीय दिनेश मैनालिले जानकारी गराउनु भएको छ ।

मन्दिरका पुजारी घनश्याम खतिवडा दैनिक पुजाको निमित्त शुक्रबार बिहान मन्दिरमा पुग्दा मन्दिरको ताला फोडिएको अबस्थामा भेटिएपछि चोरी भएको थाहा भयको थियो ।
मन्दिरको ताला फोडिएको देखे पछि पुजारीले स्थानीयलाई जानकारी गराउनु भएको थियो ।

चोरले मन्दिरबाट अन्दाजी ४० हजार भन्दा बढी नगद र जिन्सी समेत चोरेको मन्दिर ब्यवस्थापन समिती अध्यक्ष झुमा सिवाकोटी जानकारी दिनु भएको छ ।

केही दिन अघि पनि सोही क्षेत्रमा रहेको कृष्ण मन्दिरमा चोरिभएको स्थानीयले बताएका छन । दुर्व्यशनीमा फसेका लागु अौषध प्रयोगकर्ता हरुले चोरी गरेको हुनसक्ने स्थानियले आकलन गरेका छन ।

कनकाईमा पछिल्लो समय चोर पल्कीएर दिनहुँजसो स्थानीयको घरगोठ बाट नगद , सुनचाँदी साथै बहुमुल्य सामाग्री , बिद्धुतिय सामाग्री , पशुचौपाय , धानमकै लगायतका विभिन्न सामाग्री चोरि हुन थालेपछी स्थानियमा त्रास फैलिएको छ । केहिदिन पहिले कनकाईको सबैभन्दा चर्चित कनकाई कोटीहोमकै मुल मन्दिर समेत पटक पटक चोरी भएपछि कोटीहोम समिति र प्रहरी प्रशासनको समेत चर्को आलोचना भएको थियो ।
स्थानियले जन धनमा असुरक्षा भएको भन्दै प्रसाशनले सुरक्षागस्ती वढाउनु पर्ने माग समेत गरेका छन ।

सम्बन्धित खबर