Kanakai Online

कोशी प्रदेशमा सहमतिय सरकार उत्तम बिकल्प मन्त्री किराती


आइतवार, साउन १४, २०८० |

कनकाई अनलाईन
नेपाल सरकारका सस्कृति पर्यटन तथा नागरिक उडयान मन्त्री सुदन किरातीले कोशी प्रदेश सरकारमा सर्वदलिय र सहमतिको सरकारनै उत्तम बिकल्प भएको बताउँनुभएको छ ।


आइतबार बिर्तामोडमा प्रेस सेन्टर झापाद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री देश संकटमा परेको बेला सहमतिय सहकारले मात्रै निकास निस्कने भन्दै राणा शासन ढाल्न देखि लिएर देशमा परेका सबै संकटहरुलाई पार पार्नका लागि समेत सहमतिय सरकारबाट मात्रै सम्भव हुने बताउँदै अबका कम्तीमा १० बर्षसम्मको अवधि देशमा सहमतिको सरकार बनाएर लैजानुपर्नेमा किराँतीको जोड थियो । हामीेले संविधान पनि मिलेरै बनाएको हो, कोशी प्रदेशको समस्या पनि मिलेरै समाधान गर्ने हो भन्दै मन्त्री किरातीले कोशी प्रदेशमा संकट आएको बताउँदै सहमतिय सरकार वा सभामुखलाई राजीनामा गर्न लगाएर भएपनि कोशी प्रदेशको संकट टार्नुपर्ने मन्त्री किराँतीले बताउँनुभयो ।
देशको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट लगातार सुन तस्करी भएर देशकै विश्वभरमा बदनामी भइरहेको भन्दै यसको कडा निगरानीमा सरकार लागिसकेको मन्त्री किरातीले बताउँनुभयो । बिमानस्थलमा विभिन्न विभागहरु हुने भन्दै जुन विभागबाट समस्या निम्तिएको हो त्यसलाई सुधार गर्नका लागि सरकार लागिपरिसकेको किरातीको भनाई थियो ।


नागरिक उडयान मन्त्री किरातीले नेपाल वायुसेवा निगम सेवा सुविधा विस्तारमा मन्त्रालय लागिरहेको भन्दै हाल संञ्चालनमा रहेका कतिपय जहाजहरु हटाएर अबको केहि दिनमा ३ वटा नयाँ र २ वटा पुराना नेपाली ध्वजाबहाक जहाँजहरु नेपालमा भित्रिने बताउँदै ती जहाँजहरुले देशभित्रै पनि सामान ढुवानी र नेपालका उत्पादित सामाग्रीहरु विदेशमा निर्यातका लागि समेत जहाज सहयोगी हुने विश्वास व्याक्त गर्नुभयो । यसबाट देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने विश्वास व्यक्त गर्नुभयो । सबैले मिलेर काम गर्दा घाटामा गइरहेको नागरिक उडयान मन्त्रालय निरन्तर नाफामा गएको बताउँदै सबैको साथ र सहयोगबाट मात्रै यो सम्भव भएको मन्त्री किरातीले बताउँनुभयो । कार्यक्रम प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकको सभापतित्व तथा सचिव पुष्प खडकाको संञ्चालनमा भएको थियो ।

सम्बन्धित खबर