Kanakai Online

मेचीनगरमा एकको मृत्यु


आइतवार, साउन १४, २०८० |

कनकाई अनलाईन
झापाको मेचीनगरमा पिकअप भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्गमा अन्तरगत मेचीनगर–१३ कालिझोडामा शनिबार बिहान सवा ८ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको मे ५ प २१८० नम्बरको स्कुटरलाई सोहि दिशा तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ च ७१८४ नम्बरको पिकअपले पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर गम्भिर घाईते भएका २४ वर्षीय योगेश श्रेष्ठको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पिकअप र पिकअप चालक ईलामको सुर्योदय नगरपालिका–१२ का २४ वर्षीय अनमोल राई लाई प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर