जनक न्यौपाने
स्थापनासगै लायन्स क्लव अफ कनकाई सुरुङ्गाले यहाँस्थित प्रजापति सामुदायिक वन उपभोक्ता समुहको हाताभित्र विभिन्न प्रजातिका एक सय बिरुवा रोपेको छ ।
अन्य संघ संस्थाहरुले औपचारिकताका लागि विरुवा रोपेर छाडने र कार्यक्रम सकिएसगै बिरुवा समेत मरेर जाने परिपार्टी बढेर गएको भन्दै लायन्स क्लव अफ कनकाई दुर्गापुर बिरुवा रोप्ने मात्रै नभएर यी सय वटा बिरुवालाई हुर्काएरै छाडने क्लवका अध्यक्ष दिपक खतिवडाले प्रतिवद्धता जनाउँनुभयो ।
हामीेले दुर्गापुरमा सेवा गर्ने पवित्र उद्धेश्यका साथ यस लायन्स क्लवलाई स्थापना गरेका छौ । हामीले जुनदिन क्लवको स्थपना गरौ त्यहि दिन प्रजापति सामुदायिक वनको हाताभित्र विभिन्न प्रजाति टिक, मलेसियन साखु, इपिल, टाकि लगायातका बिरुवाहरु रोपेका छौ अब हामी हरेक महिनाको कम्तीमा पनि एक दिन यी विरुवाको हेरचाहका लागि समय छुट्टाउँछौ । अध्यक्ष खतिवडाले भन्नुभयो । क्लव खोलेको जति पुरानो हुदै जान्छ बिरुवा समेत त्यतिनै हुर्किदै जाने हुदा विरुवा र क्लवको जन्मदिन समेत एकसाथ हुने क्लवका उपाध्यक्ष भुवन खतिवडाले बताउँनुभयो ।
बिरुवा रोपण कार्यक्रम लायन्सकी वातावरण संयोजक खगमाया चापागाईको संयोजनमा भएको थियो भने क्लवका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । बृक्षरोपण कार्यक्रममा लायन्स क्लवका डिस्ट्रिक सेक्रेटरी तथा लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष लीला चिमरिया, लायन्स क्लवका डिस्ट्रिक फेस्टिवल चिफ रमेश खतिवडा, लायन्सका एरिया कोर्डिनेटर साजन थापा, लायन्स क्लव अफ कनकाई सुरुङ्गाका पुर्व अध्यक्ष मनोज बस्नेत, लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष सन्जय गजुरेल, प्रजापति सामुदायिक वन समुहका अध्यक्ष मात्रिका पोखरेल, सचिव दलबहादुर विश्वकर्मा लगायातको उपस्थिति रहेको लायन्स क्लव अफ कनकाई सुरुङ्गाकी वातावरण संयोजक खगमाया चापागाई बताउँनुभयो ।