कनकाई अनलाईन
करोडौंको ठगी गर्ने झापा गौरादहका सुनचाँदी व्यवसायी सोमराज वि।क।की श्रीमतीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
गौरादह वडा नं १ स्थित घरबाट हिजो वि।क।की श्रीमती ४५ वर्षिया सुभद्रा वि।क।लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले अनुसन्धानका लागि वि।क।की श्रीमतीलाई पक्राउ गरिएको जानकारी दिए । यसअघि ४६६ जनाको २४ करोड ६५ लाख ३ सय ५५ रुपैयाँ हिनामिना गरेर फरार रहेका सुनचाँदी व्यवसायी वि।क।गत साउन ४ गते साँझ काँकडभिट्टाबाट पक्राउ परेका थिए ।
स्थानीय मानिसहरुको रकम हिनामिना गरी गत असार १४ गतेदेखि सम्पर्कबिहीन भएका वि।क।माथि पीडितहरुको जाहेरी अनुसार असार २४गते ठगी मुद्दा दर्ता भएको थियो । उनी ‘मलाई नखोज्नु ’भन्दै सम्पर्कविहीन भएका थिए । गत असार १५ गते वडा नं। १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको म्यासेन्जरमा चिठी पठाएर उनी सम्पर्कविहीन बनेका थिए ।