Kanakai Online

ज्याला नपाउदा भोकभोक्कै चिया मजदुर, मजदुरले ४ महिना देखि तलव पाएनन


सोमवार, साउन ८, २०८० |

कनकाई अनलाईन
झापाको झापा गाउँपालिका–२ मा रहेको कुवाडीदेवी टि स्टेट प्रालिमा काम गर्ने १०० जना बढी चिया वगानका मजदुरहरुले आफुँले काम गरेको पारिश्रमिक नपाएको भन्दै आन्दोलित बनेका छन ।
दैनिक काम गरेर ज्यालाले परिवारको पालन गर्दै आइरहेका मजदुरहरु ४ महिना देखीको काम गरेको ज्याला अझै नपाएपछि परिवार भोकभोकै परेको भन्दै उनीहरु आन्दोलित बनेका हुन । टि स्टेटले पारिश्रमिक नदिदा जिवनयापनमा समस्या परेको मजदुरहरुको गुनासो रहेको छ ।

४ महिना देखी बगानमा काम गरेको पारिश्रमिक नपाएपछी आन्दोलनमा उत्रीन बाध्य भएको मजदूर सिता माझीले बताउनु भयो ।“हामी के खाएर काम गर्ने ?कसैको खेती छैन कसैको केही छैन हामीले कसरी काम गर्नु सीताले भन्नुभयो ।

टि स्टेटले पटक–पटक ज्याला दिन्छु भनेर झुक्काएको मरियम मियाँनी बताउनु भयो काम गरेको ठाउँबाट रकम ल्याएर दिन्छु भनेर पसलमा उधारो खाएको पनि महिनौ भइसक्यो अब कसरी छोराछोरी पाल्नु मियानीले भन्नुभयो । । चिया बगानले ज्याला कहिले दिन्छ भन्ने कुरा नै टुङ्गो नभएपछि आन्दोलनमा उत्रनु परेको उहाँको भनाई छ ।

स्थानीय मजदुर अगुवा जगन्नाथ पौडेलले जव सम्म कामदारले पारिश्रमिक पाउदैनन तब सम्म काम ठप्प पारी आन्दोलन चलिरहने बताउनु भयो। उहाँले करिव यहाँ काम गर्ने १०० जना मजदुरले करिब ४० लाख भुक्तानी पाउन बाँकी रहेको बताउनु भयो ।“शुक्रबार पनी मजदुरले ५ बजे सम्म काम गर्नुभयो तर बगानले सुक्रबार पनी रकम भुक्तानी गरेन ,पटक–पटक ढाटने काम गर्नुभयो अब भने पारिश्रमिक नपाए सम्म काम ठप्प हुन्छ “ पौड्यालले बताउँनुभयो ।

यता यस विषयमा टि स्टेटका संचालक सुरेश अग्रवालले शुक्रबार भुक्तानी गर्नुपर्नेमा
आर्थिक वर्ष अन्त्यका कारण चेकबाट रकम निस्किन नसकेपछि भुक्तानी हुन नसकेको बताउनु भयो।”उहाँहरुलाई सोमबार,मंगलबार भुक्तानी हुन्छ भनेकै हो,तर उहाँहरु आन्दोलित हुनुभयो,यसमा मेरै दोस होला” अग्रवालले भन्नुभयो।अग्रवालले चेक सटही हुने बित्तिकै सोमबार नभए मंगलबार कामदारको पारिश्रमिक भुक्तानी गर्ने प्रतिवद्दता गर्नुभयो। झापा गाउँपालिकामा रहेको यो चियावगान करिव ३०० विगाह क्षेत्रफलमा फैलिएको छ ।

सम्बन्धित खबर