Kanakai Online

बाह्रदशीमा उठाईयो अनियमित बजार कर


सोमवार, साउन ८, २०८० |

कनकाइै अनलाईन
झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर ७ मा रहेको डाँगीबारीमा लाग्ने पशु चौपाया बजारमा अनिमियत तरिकाले कर उठाइएको पाइएको छ । कर उठाईएको विलमा फर्मको छाप, पान नम्बर, सहि केही नभएको साधा पानामा रकम उठाइएको पाईएको हो । अनियमित तवरले शुल्क उठाएपछि बजारमा युवाहरूले विरोध गरेका थिए ।
यता बाह्रदशी(७ का वडाध्यक्ष मित्रराज भट्टराइले आफुहरूलाई पनि बिना जानकारी गाउँपालिकाबाट अन्यमित तवरले शुल्क उठाउन थालेको केहि समय पछि मात्र जानकारी पाएको बताएका छन । भट्टाराईले बने, “बिना विल(बिजक शुल्क उठाएको जानकारि पाएपछि बजारमा पुग्दा युवाहरू बिरोध गरिरहेका थिए, गाउँपालिकाबाट शुल्क उठाउदै गरेका ब्यत्तिलाइ यसरि उठाउन मिल्दैन भनि मैले फर्काइदिए”

गाउँपालिका एक कर्मचारी आइतवार विहानैबाट शुल्क उठाउन डाँगिबारी बजार आएका थिए ।

सम्बन्धित खबर