Kanakai Online

कनकाईमा कनकाई मावि नगरकै उत्कृष्ट विद्यालय, दोस्रोमा झापा मेरिगोल्ड, तेस्रोमा हरिकुल, चौथोमा पशुपति र पाचौमा नवयुग शिक्षा निकेतन


सोमवार, साउन ८, २०८० |

कनकाई अनलाईन
कनकाई नगरपालिका क्षेत्रमा यस बर्षको एसईईमा उत्कृष्ट नतिजा कनकाई माध्यमिक विद्यालय सुरुङ्गाले ल्याउन सफल बनेको छ । विद्यालयलमा सहभागि २१४ विद्यार्थीमध्ये उत्कृष्ट नतिजा ए प्लस अथवा ३.६ भन्दा बढी जिपिए ८ जनाले ल्याउन सफल बनेका छन । यसैगरि ए २४ जना, बि प्लस ३७ जना, बि ६३ जना, सी प्लस ५६ जना, सी २३ जनाले ल्याउन सफल बनेका छन ।

सरकारी विद्यालय भएपनि पुर्णतय अंग्रेजी माध्यमबाट पठनपाठन हुदै आइरहेको यस विद्यालयमा भर्ना हुनकै लागि जिल्लाभरबाट विद्यार्थीहरु आउने गरेका छन । यस विद्यालयमा २५ सय भन्दा वढी विद्यार्थी हाल अध्यानरत् रहेको विद्यालयका प्रअ कर्णबहादुर डाँगीले बताउँनुभयो ।


यसैगरि कनकाईमा यसबर्ष उत्कृष्ट दोस्रो विद्यालयमा झापा मेरिगोल्ड अंग्रेजी विद्यालय भएको छ । यस विद्यालयले ३.६ जिपिए भन्दा माथि अर्थात ए प्लसमा ७ जना विद्यार्थीलाई उत्तीर्ण गराउन सफल बनेको छ । यसैगरि ए मा १५ जना, बी प्लसमा १० जना र बी मा ४ जना विद्यार्थीले उत्कृष्ट अंक ल्याउदै उत्तीर्ण भएका छन ।

यसैगरि कनकाई नगरपालिका क्षेत्रमा तेस्रो स्थानमा हरिकुल नमुना बिद्यालय रहन सफल भएको छ यस विद्यालयमा ए प्लस ६ जना ए मा १२ जना र बी प्लसमा १७ जनाले अंक ल्याउदै सफल बनेका हुन ।

यसैगरि चौथो स्थानमा पशुपति अंग्रेजी माध्यमिक विद्यालय रहन सफल बनेको छ जसमा ए प्लस ६ जना ए ९ जना बी प्लस ११ जना, बी ५ जना र सी प्लस ४ जनाले ल्याएर उत्तीण भएका छन ।

यसैगरि कनकाई नगरको पाचौ स्थानमा नवयुग शिक्षा निकेतन अंग्रेजी माध्यमिक विद्यालय रहन सफल भएको छ । यस विद्यालयले ए प्लसमा ६ जना ए मा ७ जना, बी प्लसमा ६ जना र बी मा २ जना बिद्यार्थी उत्तीर्ण भएका छन । यस विद्यालयमा २१ जना विद्यार्थी एसईई परिक्षामा सहभागि भएका हुन ।

यसैगरि कनकाईको छैठौ स्थानमा पाथिभरा एकाडेमी लक्ष्मीपुर बनेको छ । यस विद्यालयमा ए प्लसमा ५ जना, ए मा ७ जना बि प्लसमा ७ जना र बी मा ३ जना विद्यार्थी उत्तीर्ण भएका छन । यसैगरि सातौ स्थानमा बेनुबाजा अंग्रेजी माध्यमिक बिद्यालय बेनुबाजा भएको छ यस विद्यालयमा सहभागि विद्यार्थी मध्ये ४ जना विद्यार्थीले ए प्लस, ४ जना ए, ७ जना बी प्लस र ४ जना बि ग्रेड ल्याउन सफल बनेका छन । यसैगरि आठौ स्थानमा प्यारागन एकाडेमी रहन सफल बनेको छ जसमा ए प्लस ग्रेडमा ३ जना, ए मा ११ जना, बी प्लस १२ जना र बी मा १२ जना विद्यार्थी उत्तीर्ण बनेका छन ।

यसैगरि नबौ स्थानमा देवकोटा एजुकेशन फाउण्डेशन रहन सफल बनेको छ जसमा ए प्लस ग्रेडमा ३ जना, ए मा ११ जना, बी प्लसमा ६ जना, बीमा २ जना र एकजना सी प्लसमा उत्तीर्ण भएका छन ।
यसपटकको टप दशौभित्र चम्पा फलावर्स एकाडेमी अर्थात ग्लोबल एजुकेयर रहन सफल बनेको छ । जसमा ए प्लसमा २ जना, ए मा १२ जना, बी प्लस ८ जना र बी मा ४ जनाले उत्तीर्ण गर्न सफल बनेका छन ।

यसैगरि कनकाई नगरपालिकाबाट टप ११ औ स्थानमा दिव्यरत्न माध्यमिक बिद्यालय पर्न सफल बनेको छ जसमा ए प्लस २ जना ए मा ५ जना, बी प्लस ९ जना बी मा १० जना र १ जना सी प्लसमा उत्तीर्ण बनेका छन । यसैगरि बाह्रौ स्थानमा विद्योदय अंग्रेजी माध्यमिक विद्यालय हुन सफल बनेको छ । जसमा ए प्लस २ जना ए मा ४ जना बी प्लसमा ५ जना गरि ११ जना विद्यार्थी उत्तीर्ण गराउन सफल बनेको छ । यसैगरि कनकाई नगरपालिकाको १३ औ स्थानमा अरुणोदय अंग्रेजी बिद्यालय हुन सफल बनेको छ । जसमा १ जना ए प्लस र बाकी १७ जना एमा उत्तीर्ण हुन सफल बनेको छ ।

यर्सैगरि कनकाई नगरपालिकाको १४ औ स्थानमा सरकारी विद्यालय आदर्श बिद्या मन्दिर भएको छ जसले ए प्लसमा १ जना ए मा १२ जना, यसैगरि बी प्लसमा २० जना, बीमा १० जना, सी प्लसमा १२ जना, सीमा २५ जना बिद्यार्थी उत्तीण गराएको छ यस विद्यालयमा कुल ८७ जना विद्यार्थी सहभागि रहेका थिए । यसैगरि कनकाई नगरपालिकाको १५ औ स्थानमा फक्तालुङ एजुकेशन फाउण्डेशन रहन सफल बनेको छ । जसमा ए प्लस १ जना, एमा ५ जना, बी प्लसमा ७ जना र बी मा ४ जनाले उत्तीर्ण गरेका छन । यसैगरि कनकाई नगरपालिकाको १६ औ स्थानमा भुकृति माध्यमिक बिद्यालय दुर्गापुर भएको छ यस विद्यालयले ए मा ३ जना बी प्लसमा ११ जना बी मा १० जना, सी प्लसमा २३ जना विद्यार्थी उत्तीर्ण गराएको छ । यसैगरि १७ औ स्थानमा हिमाली माध्यमिक विद्यालय लक्ष्मीपुर बनेको छ यस विद्यालयले ए मा ३ जना बी प्लसमा ३ जना, बी मा ४ जना र सी प्लसमा २० जना विद्यार्थी उत्तीर्ण गराएको छ । यसैगरि १८ औ स्थानमा माउण्ट अन्नपुर्ण फाउण्डेशन कनकाई ८ हुन सफल बनेको छ । यस विद्यालयबाट सहभागि बिद्यार्थी मध्ये १ जना एमा र बाकी सबै ५ जना बि प्लसमा उत्तीर्ण भएका छन ।

कनकाई नगरपालिकामा १९ औ स्थानमा चम्पापुर माध्यमिक विद्यालय रहन सफल बनेको छ यस विद्यालयबाट सहभागि ४१ ज्ना विद्यार्थी मध्ये १ जना ए , ४ जना वि प्लस, १० जना बी र १२ जना विद्यार्थी सी प्लसमा उत्तीर्ण भएका छन । यसैगरि कनकाई नगरपालिकामा सहभागि विद्यालयमध्ये २० औ अर्थात अन्तिम स्थानमा पर्न सफल भएको विद्यालय सरस्वती माध्यमिक विद्यालय जामुनवारी भएको छ जसमा सहभागि २२ जना विद्यार्थी मध्ये ए प्लस, ए र बी प्लसम कोहीपनि विद्यार्थी उत्तीर्ण भएका छैनन । जसमा बी मा ३ जना सी प्लसमा ४ जना र सी मा ६ जना विद्यार्थी उत्तीर्ण भएका छन ।

सम्बन्धित खबर