Kanakai Online

डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट अधिकारी सम्मानीत


आइतवार, साउन ७, २०८० |

कनकाई अनलाईन
प्रेस सेन्टर नेपाल झापाले देबकुमार आचार्यको स्मृतिमा स्थापना गरेको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार दिपक अधिकारीलाई सम्मान गरेको छ । सेन्टरले झापाको बिर्तामोडमा आइतवार अधिकारीलाई नगद २१ हजार राशीको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको हो । अधिकारी नौलो आवाज साप्ताहिकका सम्पादक हुनुहुन्छ ।

कोशी सरकारका विना विभागिय मन्त्री राजेन्द्र कार्की र डी.कौडिन्यकी छोरी तृष्णा आचार्यले पत्रकार अधिकारीलाई नगदसहित पुरस्कृत गर्नुभएको हो ।

सेन्टर झापा अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष होमप्रकाश अधिकारी र सञ्चालन सचिव पुष्प खड्काले गर्नुभएको थियो । देबकुमार आचार्यको चर्चा प्रेस सेन्टरका केन्द्रिय सचिब बिमल लामिछानेले गरेको कार्यक्रममा पुरस्कृत पत्रकार अधिकारीको चर्चा सेन्टरका निवर्तमान अध्यक्ष झुलन रेग्मीले गर्नुभएको थियो । तत्कालिन समयमा जनपक्षिय पत्रकार कौडिन्यलाई माओवादी समर्थन गरेको आरोपमा शाही सेनाले झापाको चारआली सेना ब्यारेकमा गोली हानेर हत्या गरेको थियो । कौडिन्यको स्मृतिमा प्रेस सेन्टरले हरेक बर्ष पुरस्कार प्रदान गर्दै आएको छ । कार्यक्रममा जनपक्षिय पत्रकार कौडिन्यका बारेमा प्रेस सेन्टरका केन्द्रिय सचिव बिमल लामिछानेले बोल्नुभएको थियो । कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष बिवेक गौतम, प्रदेश अध्यक्ष विनोद घिमिरे, माओवादी पार्टीकी केन्द्रिय सदस्य सरु न्यौपाने, पार्टीका प्रदेश उपाध्यक्ष बिजय साम्पाङ्ग, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सम्बन्धित खबर