Kanakai Online

कनकाई ५ मा धमाधम धनीपुर्जा बाडिदै


आइतवार, साउन ७, २०८० |

डिबी सिलास राई
कनकाई नगरपालिकाको ५ नम्बर वार्डमा धमाधम धनीपुर्जा बितरण सुरु हुने भएको छ । यस अघि पनि धनीपुर्जा बितरण सुरु गरिसकिएको यस वार्डमा अबको केहि दिनभित्रै थप १८ जनाले धनीपुर्जा प्राप्त गर्ने भएका छन ।

जसमा जितकुमारी नेपाल, मुना सुहाङ, गंगाबहादुर राई, कुलेस मण्डल, सेदं लिम्बु, कल्पना मण्डल, फुलमाया मगर, सन्जय मण्डल, सिवा मण्डल, फेकु मण्डल, पदम बहादुर प्रधान, रामसफल मण्डल, देवान मण्डल, हव्बु मण्डल, रतिलाल ऋषिदेव, कुन्ति देबि मण्डल र बिजय मण्डल रहनुभएको कनकाई नगरपालिका ५ का वडाध्यक्ष तथा कनकाई नगरपालिकाका प्रवक्ता कृष्णबहादुर राईले बताउँनुभयो । कनकाई नगरपालिकाको ८ नम्बरबाट सुरु भएको धनीपुर्जा बितरण ४ नम्बर, ७ नम्बर हुदै ५ नम्बरमा आइपुगेको छ । धनीपुर्जा बितरणको काम केहि ढिला सुस्ती भएपनि अवका दिनमा तीब्र गतिमा हुने वडाध्यक्ष राईले बताउँनुभयो ।
कनकाई नगरपालिकाको ३, ४, ५ र ७ नम्बर वार्डमा ठुलो समस्या रहेको र ५ हजार जनाले धनीपुर्जाका लागि सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीको लागि फर्म भरेको वार्डध्यक्ष राईले जानकारी दिनुभयो ।

सम्बन्धित खबर