Kanakai Online

कनकाई नगरपालिकाका पुर्व वडाध्यक्ष रोषन पोखरेलको मृत्यु


आइतवार, साउन ७, २०८० |

कनकाई अनलाईन
कनकाई नगरपालिका १ नम्बर वार्डका पुर्व वार्डध्यक्ष रोषन पोखरेलको आज आइतवार विहान ८ बजेर २० मिनेटमा निधन भएको छ । ५२ बर्षिय पोखरेलका २ छोरा र श्रीमती रहनुभएको छ ।

उहाँ बिगत लामो समयदेखि मुखको क्यान्सर रोगबाट सताइदै आउनुभएको थियो । पोखरेललाई उपचारका क्रममा बिर्तामोडस्थित विर्ता सिटी अस्पतालमा लैजाने क्रममा बाटैमा आज निधन भएको उहाँको पारिवारीक स्रोतले जनाएको छ । पोखरेल गत २०७४ सालको स्थानीय निर्वाचनमा कनकाई १ नम्बर वार्डबाट निर्वाचित हुनुभएको थियो । उहाँको आजै दिउसो २ बजे कनकाई माईमा अन्तेष्टी गरिने समेत परिवारले जनाएको छ ।

सम्बन्धित खबर