Kanakai Online

मूर्तिबाटै जीवन चलाइरहेका राजवंशी आर्थिक संकट सामना गर्दै


आइतवार, साउन ७, २०८० |

द्रोण अधिकारी

भद्रपुर । झापाको साविक महेशपुर ६ हाल भद्रपुर ६ मोतियावारीमा २५ वर्षयता माटाको मूर्ति बनाएर जीवन गुजारा गर्दै आएका कलाकार विष्णु राजवंशीलाइ्र्र पछिल्लो समय आर्थिक संकटले सताउन थालेको छ ।

उनले जानेको मूर्तिकलाका लागि लगनशीलता र मेहनतलाई घटाएका छैनन तर पनि आफ्नो व्यवसायमा अतिक्रमण बढेकै कारण निर्मित मूर्ति नबिक्दा आर्थिक संकटको सामना गर्नुृ परेको हो ।

अभिषेक मूर्ति उद्योगका नाममा बैधानि रूपमा सञ्चालनमा रहेको उनको उद्योगको उत्पादनलाई भारतीय बजारबाट भित्रने अवैध मूर्तिले नराम्ररी संक्रमण गरिरहेको दुखेसो छ । अवैध रूमा भारतबाट आउने मूर्ति नरोक्ने हो भने विष्णु जस्ता नेपाली माटोमा गरिखानेहरू भोकै मर्नु पर्ने दिन आइसकेको उनले बताएका छन् ।

मूर्ति उत्पादनमा चर्चित उनको उद्योगको मेचीदेखि महाकालीसम्म पहिचान बनाएर फैलिएको थियो । अहिले सम्झँदा उनलाई आफ्नो व्यवसाय बनावटी कथा जस्तो लाग्न थालेको छ ।

पछिल्ला केही वर्षयता आदिवासी जनजातिको मौलिक पहिचान जगाउन कला र संस्कृति संरक्षणमा जुटेका राजवंशी हिन्दु परम्पराका विशेष गरी दशैं, तिहार, छठ, सरस्वती पूजा, विश्वकर्म पूजा, देवि पूजाका लागि मूर्ति निर्माणमा सकृय हुने गरेका छन् । राजवंशी विभिन्न जातीय संस्कार संस्कृतिका झलक दिने मूर्ति वनाउन व्यस्त रहने गर्दछन् । उनी पिताको पेशालाई निरन्तरता दिने दोस्रो पुस्ताका मूर्तिकार हुन । उनको मूर्तिकला हिन्दु संस्कृतिका विभिन्न पर्वहरुमा बढी खपत हुने कारण परिवार पाल्ने पेशा बन्न सफल छ । दुई जना छोरा छोरीलाई स्तरीय शिक्षा दिने, घर परिवार धान्ने आधार रहेको मूर्तिकला राजवंशी परिवारको पहिचान पनि हो ।

माटोसंगै खेलेर पाँच जनाको परिवार पाल्दै आएका राजवंशी जीवनलाई मूर्तिसंगै साट्दै भगवान शिव, पार्वती काली ,सरस्वती , विश्वकर्मा, लक्ष्मी, भगवती लगायतका विभिन्न देवी देवताका का अतिरित्त अन्य जुनसुकै प्रकारका मुर्ति वनाउने गर्दछन । मुर्ति वाटै घरपरिवार चलाउनुका साथै समाजीक सेवामा समेत सहयोग र लगानी गर्न पछि नपर्ने राजवँशी स्वदेशी श्रम र माटोको माया गर्ने राजवंशी समाज सेवा र शुसासनका लागि पहरेदारी गरिरहेका सामाजिक अगुवा पनि हुन् । उनले समाज विचलनमा फस्ने कारणका रूपमा भ्रष्टचार रहेको ठहर गर्दै भद्रपुर नगरलाई भ्रष्टचार सुन्य नगरका रूपमा विकास गर्न स्थानीय विकास निर्माणमा कमिशन विहिन सेवा अभियान समेत चलाइ रहेका छन् । पछिल्लो पटक सघन सहरी विकास कार्यक्रम अन्र्तगत भद्रपुर नगरमा भइरहेको सडक चौडा तथा स्तरीकरणको काम कमिशनमा चल्दा गुणस्तरहिन भइरहेको आवाज उठाउने राजवंशी सामान्य लेखपढ मात्र गरेका व्यक्ति हुन् । उनी युवापुस्तालाई स्वदेशी श्रम र सीपको महत्व बुझाउने अभियानमा समेत रहेका छन् । राजनीतिमा शुद्घिकरण अनिवार्य रहेको अनुभव सुनाउने राजवंशी लोकतन्त्रमा अशल शासक रहनु जरुरी ठान्छन् ।

पैशा र पहुँचमा राज्य अलमल भएसम्म लोकतान्त्रिक गणतन्त्र सर्वहारा वर्गको पहुँचमा नआउने बताउने राजवंशी इमान्दार र लगनशील कार्यले पेशामा सफलता मिल्ने जनाउछन् । चार जनाको परिवार धानेर पनि समाजमा केही देन दिन उनको मूर्तिकलाको आय सफल भइरहेको उल्लेख गर्दछन् । नेपाली माटोलाई माया गर्ने राजवंशी मूर्तिकलाका उदाहरण भएर भद्रपुर नगरको आदिवासी क्षेत्र महेशपुरमा रमाइरहेका छन् । राजनीतिमा समेत सचेत राजवंशी पछिल्लो समय अघोषित रुपमा राजनीतिक पीँडित भएको गुनासो गर्छन् । उनले आफ्नै पार्टी भित्रका स्वार्थी लोभिहरुको सिकार हुनु परेकोले राजनीतिमा पछाडि परेको अनुभव सुनाउछन् । उनीसित सम्पर्क गर्न चाहनेले ९८१४९३३७७० नम्बरमा सम्पर्क गर्न सकिने बताउँछन् । राजवंशी आफूसित रहेको कला अन्यमा पनि हस्तान्तरण गर्न तत्पर भए पनि मूर्तिकला सिक्न कोही नआएको प्रष्ट पर्छन् ।

सम्बन्धित खबर