कनकाई अनलाईन
तत्कालिन समयमा जननेता मदन भण्डारीको हत्यारालाई कार्वाहीको माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली प्रहारबाट मृत्यु भएका झापा कनकाई नगरपालिका ३ का शहिद डिल्ली गौतम स्मृति प्रतिष्ठानले गौतमको ३० औ स्मृति दिवशको अवशर पारेर कनकाई नगरपालिका २ मा एक दिने निशुल्क स्वास्थ्य शिविर संञ्चालन भएको छ ।
कनकाई नगरपालिका २ को वार्ड कार्यालयमा भएको स्वास्थ्य शिविरमा विभिन्न रोगी विरामीहरु १०७ जनाले स्वास्थ्य सुविधा लिएका छन । स्वास्थ्य शिविरमा डाक्टरहरु सुर्यनारायण शाह, करण पोखरेल, श्रद्धा भण्डारी, अभिषेक नायक लगायातको टोलीले स्वास्थ्य जाँचसहित औषधि बितरण गरेको थियो । स्वास्थ्यका लागि महिला रोग, जनरल फिसिसियन, सुगर, प्रेसर, दम, वालरोग लगायातका विरामीहरुले स्वास्थ्य लाभ लिएका थिए ।
यसैगरि शहिद डिल्ली गौतमको ३० औ स्मृति दिवशको अवशर पारेर साहित्यकार तथा पत्रकारद्धय शिरो सान्दाई र तीर्थराज खरेललाई सम्मान समेत गरिएको थियो । पत्रकारद्धयलाई जिल्ला विकास समिति झापाका संयोजक विश्व वराल, शहिद डिल्ली गौतम स्मृति प्रतिष्ठानका अध्यक्ष रविन्द्र लम्साल, शहिद डिल्ली गौतमकी माता पुण्यवती गौतम, शहिद गौतमकी धर्मपत्नी देवका गौतम लगायातले सम्मानित द्धयलाई सम्मान गर्नुभएको हो ।
कार्यक्रममा कनकाई २ नम्बर वार्डका वार्डअध्यक्ष बलराम राई प्रतावको स्वागत तथा प्रतिष्ठानका सचिव विनोद रानाको संञ्चालनमा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य गोकर्ण ओझा, एमाले कनकाई नगर अध्यक्ष खडग प्रसाई, कनकाई नगरपालिका १ नम्बरका वार्डअध्यक्ष शुशिलकुमार पोखरेल, ३ का वडाअध्यक्ष युवराज चम्लागाई, एमाले कनकाई नगर सचिव दिपक चापागाई,कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष नवलकिसोर दत्त, प्रजापति सामुदायिक वन समुहका अध्यक्ष दलबहादुर विक लगायातको आतिथ्यता रहेको थियो । कनकाई नगरपालिका ३ निवासी गौतमको तत्कालिन अवस्थामा गोली प्रहार गरि हत्या गरिएसगै उहाँको नाममा हरेक बर्ष रक्तदान, सामाजिक व्याक्तित्वलाई सम्मान लगायातका कार्यक्रमहरुको आयोजना गरिदै आएको छ ।
यसबर्ष भने कनकाई नगरपालिका २ नम्बर वार्डका विकट क्षेत्रका स्थानीयलाई स्वास्थ्य चेकजाँज र औषधि वितरण गरेर सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै झापा जिल्ला समन्वय समितिका संयोजक विश्व बरालले राज्यले कम्तीमा पनि स्वास्थ र शिक्षालाई नागरिकको सहज पहुचमा पुयाउँन सक्नुपर्नेमा यसो हुन नसकिरहेको बताउँनुभयो । डिल्ली गौतमजस्ता शहिदहरुको रगतको बलिदानलाई सार्थकता दिनका लागि समेत समाजमा शिक्षा र स्वास्थ्यको सहि व्यावस्था तल्लो तहमा जनतामा लैजानुपर्नेमा जोड दिनुभयो ।
कनकाई नगरपालिका २ स्थित जेष्ठ नागरिक भवनमा आयोजित स्वास्थ्य शिविरमा ओपिडि सेवा, सुगर प्रेसर, दम, थाइराइड, प्रोष्टेट, मानसिक रोग, महिला सम्बन्धि रोग र निशुल्क औषधि वितरण गरिएको थियो । कनकाई नगरपालिका र २ नम्बर वार्डको आर्थिक सहयोग रहेको उक्त स्वास्थ्य शिविरको सहआयोजनामा राष्ट्रिय युवा संघ नेपाल र अनेम संघ कनकाई २ नम्बर वार्ड कमिटी रहेको थियो । राष्ट्रिय युवा संघ नेपालको ४ महिने अभियान मिशन नेक्स इलेक्शन टार्गेट न्यु जेनेरेशन अन्र्तगतमा समेत उक्त स्वास्थ्य शिविरको आयोजना गरिएको आयोजक समितिका सचिव विनोद रानाले बताउँनुभयो ।