कनकाई अनलाईन
पुर्वपश्चिम महेन्द्र राजमार्गस्थित कनकाई नगरपालिका ७ दुर्गापुर क्षेत्रमा आज भएको सवारी दुर्घटनामा परि एक युवा कुमार दर्जीको मृत्यु भएपछि भएको तनावग्रस्त स्थितिको भिडियो खिचिरहेको पत्रकार सिएम शर्मामाथि दुव्यहार भएको छ ।
बिर्तामोडका एक युवा पदम श्रेष्ठले दुर्घटनापछिको दुर्गापुर सडक क्षेत्रको रिर्पोटिङको क्रममा भिडिया बनाइरहेका ठोस खबर टडकमका सम्पादक तथा नेपाल पत्रकार महासंघ झापाका सदस्य समेत रहनुभएका पत्रकार शर्माको मोवाईल जबरजस्ती खोसेका छन ।
पत्रकार शर्माको मोवाइल खोसेपछि स्थानीयको दवावपछि केहिबेरमा श्रेष्ठले मोवाइल फिर्ता दिएका छन । यसैविच भिजिलान्ते शैलीमा पत्रकार शर्माको मोवाईल खोस्ने श्रेष्ठलाई कडाभन्दा कडा कार्वाही गर्नका लागि पत्रकारजन्य संघसंस्थाले जोडदार माग गरेका छन ।
पत्रकार महासंघ प्रदेश समिति सदस्य लीलाराज झापालीले पत्रकारमाथि भएको चरम दुव्र्यहारको जतिनै शब्दमा निन्दा गर्दा पनि कम हुने भन्दै यस्ता खाले गलत हर्कतका विरुद्धमा पत्रकार महासंघ सदैव लागिपर्ने बताउँनुभएको छ ।
दोसीउपर उचित कार्वाहीको प्रक्रिया अगाडि नवढाएमा सशक्त आन्दोलन गरिने समेत झापालीले बताउँनुभएको छ । यसैगरि प्रेस सेन्टर झापा, कनकाई सुरुङ्गा प्रेस क्लव लगायतका संघ संस्थाले समेत दोसी उपर कार्वाहीको माग गरेको छन ।
पत्रकार शर्माको मोवाइल खोसेको केहि मिनेटमा श्रेष्ठले मोवाइल फिर्ता दिएका थिए । यता कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौलाले प्रहरीकै अगाडि पत्रकारको मोवाईल खोसिनु र उनलाई प्रहरीले संरक्षण लिएर जानुले आशंका उत्पन्न गराएको बताउँदै जोकोही पनि घटनामा सामेल व्याक्तिलाई कडा भन्दा कडा कार्वाहीको माग गर्नुभएको छ । पत्रकार शर्मा कनकाई सुरुङ्गा प्रेस क्लवका कोषाध्यक्ष समेत हुनुहुन्छ ।