Kanakai Online

दुर्गापुर प्रहरी चेकजाँचमा एकको मृत्यु भएपछि दुर्गापुर क्षेत्रमा तनाव


बिहिवार, साउन ४, २०८० |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ७ दुर्गापुरमा ट्राफिक प्रहरी चेकजाँचका क्रममा एक जनाको मृत्यु भएको छ । एक युवकको मृत्यु भएसगै दुर्गापुर चौक क्षेत्रमा आज बिहानभर तनाव भएको छ ।


ट्राफिक प्रहरीले चेक जाँच गरिरहेको अवस्थामा ट्राफिक प्रहरीको चेकजाँच छल्न भाग्ने क्रममा अर्को सवारी साधनसग जुध्दा झापा गौरादह नगरपालिकाका ३० बर्षिय कुमार दर्जीको मृत्यु भएको हो ।


बिहीवार विहान ७ बजेर १० मिनेटमा पुवपश्चिम महेन्द्र राजमार्गस्थित कनकाई ७ दुर्गापुरमा पुर्वबाट पश्चिमतर्फ जादै गरेको प्र १ —०१—०१६ प ५०९८ नम्बरको मोटरसाईकलमा सवार दर्जी सडकको ट्राफिक चेकिङ छलेर भाग्न खोज्दा विपरित दिशाबाट आफ्नै दिशामा आइरहेको प्र१—०१—००१च ७४०७ नम्बरको पिकअप भ्यानसग जुध्न पुगेको थियो । दुर्घटनामा परि मोटरसाईकल चालक दर्जीको उपचारका क्रममा बिहिवार साढे ७ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


यसैबिच ट्राफिक प्रहरीले विना सुचना बोर्ड तथा विना सावधानी चेकजाँच गर्दा दुर्घटना भएको भन्दै स्थनीयले १ घण्टा सडक अवरुद्ध पारेका छन । प्रहरीको टोलीले स्थानीय जनप्रतिनिधि सामाजिक व्याक्तित्व लगायातको समन्वयमा सडक सुचारु गराएको छ । दुर्गापुर बजार क्षेत्रमा जम्मा भएका स्थानीयलाई हटाउनका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड, सुरुङ्गा र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले सामान्य बल प्रयोग गर्नुपरेको थियो । अहिले दुर्गापुर क्षेत्र सामान्य अवस्थामा आएको छ भने सवारी यातायात सञ्चालनमा आइसकेको छ ।
फोटो ः दुर्घटनामा मृत्यु भएपछि आक्रोसितद्धारा सडक अवरुद्ध पार्दै तस्वीर लीलाराज खडका

सम्बन्धित खबर