Kanakai Online

लायन्स क्लव अफ कनकाई सुरुङ्गाको बार्षिक कार्यक्रम सार्वजनिक


आइतवार, असार ३१, २०८० |

कनकाई अनलाईन
लायन्स क्लव अफ कनकाई सुरुङ्गाका बर्ष २०२३÷२४ का अध्यक्ष सन्जय गजुरेलले आफ्नो कार्यकालभरको बार्षिक कार्यक्रम पेश गर्नुभएको छ । लायन्सका संस्थापक अध्यक्ष लीला चिमरिया, लायन्सका पुर्वअध्यक्षहरु तथा पत्रकारसामु अध्यक्ष गजुरेलले आफ्नो बार्षिक कार्यक्रम पेश गर्नुभएको हो । जसअनुसार लायन्सले आफ्नो कार्यकालभर कम्तीमा १००० हजार वटा बिरुवा सार्वजनिक ठाउँमा रोप्ने कार्यक्रम रहेको छ जसको सुरुवात २०० विरुवा पद हस्तानतरणसगै कनकाई सामुदायिक वन समुहको हाताभित्र गरिसकिएको बताउँनुभएको छ ।

यसैगरि लायन्सले खेलकुदका माध्यमबाट युवाको मनोभावना बुझ्ने उद्धेश्यका साथ क्रिकेट खेललाई अगाडि बढाउने समेत योजनामा पेश गर्नुभएको छ । युवा दुव्यर्सनीलाई रोक्न यसवारेमा नगरपालिका प्रहरीसग समन्वय गरि सचेतना कार्यक्रम गर्ने, कनकाई नगर र नगरवाहिर २ स्थानमा वृहत आखा शिविरको आयोजना गर्ने, कम्तीमा २५० पिन्ट रक्तदान गर्ने, बहिरा विद्यार्थीहरुसग होलिमिलन कार्यक्रम गर्ने, तीजमिलन कार्यक्रम गर्ने, प्राकृतिक प्रखोपमा सहयोग, खाद्यान्न सहयोग, जाडोमा न्यानो कपडा बितरण, बर्षभरी मधुमेहका विरामी तथा निसन्तान दम्पत्तीका लागि समेत शिविर संञ्चालन गरिने लगायातका जहाँ आवश्यकता त्यहा लायन्सको अवधारणालाई अगाडि वढाईने समेत कार्यक्रम पेश गर्नुभएको छ । यसैविच कनकाई नगरपालिका क्षेत्रमा जङ्क फुड्स नियन्त्रणका लागि अभियान सञ्चालन लगायातका कार्यक्रमहरु पेश गर्नुभएको छ ।


कार्यक्रममा लायन्सका पुर्वअध्यक्षहरु डिआर सुवेदी, रुपनारायण खतिवडा, साजन थापा, मनोज बस्नेत, सुरेन्द्र प्रधान, लायन्सका कोषाध्यक्ष राजकिशोर चौधरी, लियो क्लवका अध्यक्ष रमण चौधरी, पत्रकार लीलाराज झापाली लगायातले शुभकामना राख्नुभएको थियो । सोही कार्यक्रमका बिचमा लायन्स क्लवका अध्यक्ष पदाधिकारीहरुलाई समेत मनोनयन गरिएको थियो । जसमा सहकोषाध्यक्ष राजकुमार कट्टेल, विवेक शिवाकोटी, बिजय शर्मा लगायात रहनुभएको छ । कार्यक्रम कनकाई नगरपालिका ७ दुर्गापुरमा लायन्स क्लवका संस्थापक अध्यक्ष लीला चिमरियाको प्रमुख आतिथ्यता तथा सचिव पंकज खडकाको संञ्चालनमा सम्पन्न भएको थियो ।