Kanakai Online

परिवार नियोजन संघमा लोकनाथ दोश्रो कार्यकालका लागि विजयी


आइतवार, असार ३१, २०८० |

कनकाई अनलाईन

भद्रपुर । नेपाल परिवार नियोजन संघ झापाको सभापतिमा लोकनाथ भट्टराई बुइँपाली दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन ।

एमालेको विद्रोही समूहबाट निर्वाचनमा उत्रिएका भट्टराईले प्रतिष्पर्धी नेकपा एमालेका आधिकारिक उम्मेदवार गणेशप्रसाद पोखरेललाई ९३ मतले पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

भट्टराईले ३१२ मत ल्याउँदा पोखरेलले २१९ मत पाएका छन् । संघको झापा शाखामा ७७५ जना आजीवन र साधारण सदस्य रहेकोमा ५३३ मत खसेको थियो ।

त्यसमध्ये २ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । अन्य पद यसअघि नै निर्विरोध भइसकेको थियो ।