Kanakai Online

जग्गा भाडामा लिएर खेती गर्दै विप्लव कार्यकर्ता कनकाईमा बाख्रा पाल्ने


बिहिवार, असार २८, २०८० |

कनकाई अनलाईन
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले झापाको गौरीगन्जमा तीन बिघा जग्गा भाडामा लिएर सामूहिक धान खेती सुरु गरेका छन ।
कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले अनिवार्य श्रम र उत्पादनमा जोडिनुपर्ने केन्द्रीय निति अन्तर्गत जग्गा भाडामा लिएर धान खेती गरिएको पार्टीका जिल्ला सेक्रेटरी सञ्जय सी ले बताउँनुभयो ।

यसअघि भुगोलमा जनताका विभिन्न समस्या लिएर कहिले संघर्ष त कहिले छलफलमा दौडिने गरेकोमा अहिले नेता कार्यकर्ताहरु खेतमा काम गरिरहेको पाइएको छ । गौरीगन्जमा खेती भाडामा लिएर खेती गरेको र खेतीमा जिल्लाका नेता कार्यकर्ताहरुले श्रमदान गरेको पार्टीका इन्चार्ज प्रशान्तले बताउँनुभयो । असार १० गतेदेखि जिल्ला पार्टीका सबै नेता कार्यकर्ताहरुले श्रममा जोडिन आव्हान गरिसकिएको जिल्ला नेता प्रशान्तको भनाई छ ।

पार्टीको केन्द्रिय निति र कार्यक्रम अनुसार देशभरनै सयौ बिगाह क्षेत्रफलमा हज्जारौ नेता कार्यकताको सहभागितामा धान रोप्ने कार्यक्रम भइरहेको पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सी ले बताउँनुभयो । पार्टीले झापाको अन्य पालिकाहरु कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिकामा कागती खेती, बाख्रा पालनको साथै इलाम र पाँचथरमा चिया , अदुवा ,अलैंची लगायतको खेती समेत भइररहेको सुमनसिंहले बताउँनुभयो । झापामा धान रोपाइँसगै देशभरनै खेती किसान गर्दै देशलाई अन्त र मासुमा आत्मनिर्भर बनाउने पार्टीको योजना रहेको समेत नेता सुमनसिंहले बताउँनुभयो ।

नेपालमा कम्युनिस्ट पार्टीले मुलुकलाई स्वाधीन र आत्मनिर्भर बनाउने तथा सम्पुर्ण पार्टीका नेताकार्यकर्ता अनिवार्य श्रम र उत्पादन सँग जोडिनुपर्छ भन्ने उद्देश्यले अभियान चलाएको पार्टी नेता सुमनसिंहले बताउँनुभयो । उत्पादित चामल पार्टीलाई चलायमान बनाउन र नेता, कार्यकर्ताको भरणपोषणका लागि प्रयोग गरिने पार्टीले जनाएको छ । नेकपाले देशैभरका कार्यकर्तालाई असार १० देखि ३० गतेसम्म अनिवार्य उत्पादनसँग जोडिनका लागि भुगोलबाट विदा दिएको समेत बताएको छ ।

आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता एवं कार्यकर्ता नारा दिएर महिनाभर यो अभियान चलाएको पार्टीले जनाएको छ। तस्वीर ः झापा गौरीगञ्जमा सामुहिक रोपाई गर्दै विप्लप कार्यकर्ता फोटो लीलाराज खडका