कनकाई अनलाईन
काठमाडौँ । समाजवादी मोर्चाको आज बस्ने भनिएको बैठक अनिश्चित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पत्नी सीता दाहालको निधन भएपछि बैठक अनिश्चित भएको हो ।
नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी ९जसपा० नेपाल, नेकपा ९एकीकृत समाजवादी० र नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपासहित चार दल मिलेर बनेको समाजवादी मोर्चाको बैठक आज अपराह्न ४ः०० बजे बस्ने गरि बोलाइएको थियो ।
मोर्चाले यसअघि मोर्चाको कार्यदिशा तय गर्न कार्यदलसमेत गठन गरेको थियो । यही असार ४ गते समाजवादी मोर्चा घोषणा गरिएको थियो । मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।