Kanakai Online

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन


बुधवार, असार २७, २०८० |

कनकाई अनलाईन
काठमाडौं, असार २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । उहाँको आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो ।

नर्भिक अस्पतालका प्रोफेसर डा। युवराज शर्माले सीता दाहालको निधन भएको पुष्टि गर्नुभएको छ ।

उहाँको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो । उपचारका क्रममा उहाँको ६९ वर्षको उमेरमा निधन भएको हो ।
यसबारे जानकारी दिन नर्भिक अस्पतालमा ९ः३० बजे पत्रकार सम्मेलन हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर